+
Search

ताजा अपडेट +

पपुलर +

“सच्चा जनप्रतिनिधी रुपमा स्थापित गर्नुपर्ने”: सन्तमान तामाङ

santaman tamang speech in civil society mutual accountability project
डबली खबर
६ साल अगाडी

विदुर / जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले स्थानीयतहका जनप्रतिनिधिहरुले आफुलाई जनताको सच्चा प्रतिनिधी रुपमा स्थापित गर्न सकेमात्र स्थानीय विकासले तीव्रता पाउने बताउनुभयो ।

युएसएड र एफएचआई-३६० को सहयोगमा सामुदायिक विकास केन्द्र नेपालले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता कार्यक्रममा बोल्दै तामाङले जनप्रतिनिधिहरुले जनप्रतिनिधिले आफु हुँदा ठिक र अरू हुँदा बेठिक ठान्ने प्रवृत्ति हटनुपर्ने बताउनुभयो ।

खुला सरकार साझेदारी सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले नागरिकप्रति जवाफदेही स्थानीय सरकारबाट मात्र संघीय शासन प्रणालीले सार्थकता पाउनेमा जोड दिएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सरकारको गतिविधिलाई जनताले नियाल्नुपर्ने र विकास निर्माण कार्यमा नागरिक समाजको मुख्य भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा तारकेश्वर गापाका उपाध्यक्ष तारादेवी रिमाल (अधिकारी), किस्पाङ गापाका उपाध्यक्ष मायादेवि न्याैपाने, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, नेकपाका ईन्द्रबहादुर पण्डित, यमकुमार खाती, नेपाली काँग्रेसका सुरेन्द्रराज अधिकारी, विन्दा अर्याल, लगायतले स्थानीय सरकार पारदर्शी र सुशासन हुनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ