२०८१, १५ बैशाख शनिबार

१ सय महिलाहरुमा पाठेघरको समस्या

    असार २ २०७६ ११:१४

tarkeshwar free health camp nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

चौतारा / तारकेश्वर गाउँपालिका-३ को जोरचौतारामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा करिब ४ सय जना बिरामीले प्रत्यक्ष लाभ लिएका थिए । 

तारकेश्वर गाउँपालिका र वातावरण तथा प्रजनन् स्वास्थ्य केन्द्रको संयुक्त आयोजना तथा नेपाल मेडिकल कलेज विद्यार्थी विकाश समिति, मनमोहन मेडिकल कलेज, अन्नपूर्ण न्युरो अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा करिब १ सय बिरामीहरुमा पाठेघरको समस्या भएको पाइएको थियो । नसा तथा हाड जोर्नीको समस्यामा १ सय र अन्य १ सय ७७ जनामा भने सामान्य स्वास्थ्य समस्या भएको प्राविधिक टोलीका संयोजक डा. रोजन अधिकारीले बताउनुभयो ।

शिविरमा चेक जाँच भएका र पाठेघरमा जटिल समस्या देखा परेका २० जना महिलाहरुको नि:शुल्क शल्याक्रियाको व्यवस्था गरिएको महिला तथा स्त्रीरोग बिशेषज्ञ डा. मनोहर शैयादले जानकारी दिनुभयो  । 

गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालले पालिकाको सबै वडामा यस्ता शिविर संचालन गर्ने र महिलाहरुका स्वास्थ्यमा सुधार ल्याउने काममा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

वातावरण तथा प्रजनन् स्वास्थ्य केन्द्र नुवाकोटका अध्यक्ष बिन्दा ढुंगानाले यस्ता नि:शुल्क स्वास्थ्य शिबिरले हिड्डुल गर्न नसक्ने, अशक्त, वृद्धवृद्धका सामान्य स्वास्थ्य समस्याको सामाधानको लागी शिविरको आयोजना गरिएको जानकारी दिनुभयो । 

शिविरमा बाल रोग, नशा तथा हाडजोर्नी, छाला, साधारण रोगका बिरामी तथा स्त्रीरोगको उपचार गरिएको डा. रोजन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top