+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

“कर्मकाण्ड उद्योगको विकास हुनुपर्ने” सन्तमान तामाङ

“कर्मकाण्ड उद्योगको विकास हुनुपर्ने” सन्तमान तामाङ
डबली खबर
६ साल अगाडी

विदुर / जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले व्यवसायीहरुले कर्मकाण्ड उद्योग/व्यवसायलाई विकास गरी समयानुसार जिल्लाको अर्थतन्त्रमा समेत टेवा पुर्याउने किसिमको व्यवसाय गर्नुपर्ने बताउनुभएको छ ।

घरेलु तथा साना विकास समितिको आयोजनामा भएकाे व्यवसायी र सरोकारवालाबिच अन्तरक्रियामा उक्त भनाइ राख्नुभएको हो । जिसस प्रमुख तामाङले स्थानिय कच्चापदार्थको भरपुर परिचालन गरि व्यवसायमा आर्थिक क्रान्ति ल्याउनुपर्ने र उद्योगलाई उदेक नबनाई उद्योगकै रुपमा संचालन गर्नुपर्ने बताउनुभयो । जनतालाई आर्थिक समृद्धि कसरी तुल्याउने, उद्योगी तथा व्यवसायी बनाएर कसरी अगाडी बढाउने, राजश्व र आयकरको संकलनमा वृद्धि गर्न व्यवसायीहरुलाई करको दायरामा ल्याउन र जिल्लाको भूगोल अनुरुप उद्योग/व्यवसायको स्थापना गर्न सम्भावना तथा आवश्यकता रहेको भन्ने अन्तरक्रिया कार्यक्रम भइरहनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले व्यवसायीहरुको छाता संगठन नुवाकोट उद्योग वाणिज्य संघद्वारा संचालित ईलम प्रशिक्षण केन्द्रको कम्पाउण्ड बाहिर सञ्चालित सटर पसलहरुबाट सडक अतिक्रमण भइरहेको हुनाले संघले उचित समाधान गर्न सहकार्य गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख पण्डितले तरकारी तथा फलफुल सङ्कलन केन्द्रको स्थापना विदुर नपा-५ देविघाटमा गर्न लागिरहेको जानकारी दिनुभयो । कुनै पनि व्यवसाय/उद्योग संचालनको लागि योजनाबद्ध रुपले कार्यक्रम बनाएर मात्र संचालन गर्नुपर्ने साथै उद्यमशीलता तालिम, बजार व्यवस्थापन जस्ताको ज्ञान हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघले नव प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी नायव उपरीक्षक राजेश थापालाई संघका अध्यक्ष ताराबहादुर कार्की तथा पदाधिकारीले स्वागत गरेका थिए ।

नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शरणउत्सुक सापकोटाले उद्योगतर्फ उन्मुख रहेको जिल्ला भएकोले कृषिजन्य, खानीजन्य, नदिजन्य उद्योगको सम्भावना रहेतापनि यस्ता व्यवसाय संचालन गर्न विभिन्न अवरोह रहेको बताउनुभयो । कृषिजन्य उद्योग तथा व्यवसाय संचालन गर्न विद्युत जडानमा धेरै कठिनाई रहेको सापकोटाले बताउनुभयो ।

कार्यक्रममा घरेलु तथा साना विकास समितिका कामु विजयकुमार भट्टराईले व्यवसाय दर्ता मापदण्डबारे प्रकास पार्नुभएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ