२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

नुवाकोट लिखुमा पहिलोपटक सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण

    जेष्ठ २७ २०७६ १९:४८

sanitary pad machine distribution
pratik book and stationery center in nuwakot

लिखु / नुवाकोटको लिखु गाउँपालिकामा पहिलोपटक सेनेटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण भएको छ । लायन्स क्लब अफ काठमाडौँ डाउनटउन र विद्यालयको संयुक्त सहभागीमा खरिद गरिएको पालिकाका दुई विद्यालयलाई एक कार्यक्रम बिच १/१ थान मेसिन हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालय चौघडाका प्राधानध्यापक कृष्णबहादुर राई तथा विद्यालय व्यवस्थापनका अध्यक्ष शैलेन्द्र राई र महेन्द्र महेशदेव मावि थानसिङ्गका प्र.अ. मदन श्रेष्ठ र बिद्यालय व्यवस्थापनका अध्यक्ष एवं सामुदायिक विद्यालय व्यवस्थापन महासंघ लिखुका अध्यक्ष रामबहादुर ओझालाई हस्तान्तरण गर्नुभएको हो ।

क्षेत्रपाल मा. वि. चौघडाको १३ हजार लायन्स क्लब अफ काठमाडौँ डाउनटउनको १३ हजार सहयोगमा कुल २६ हजार लागतमा विद्यालयमा भेन्डिङ मेसिन जडान गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राईले बताउनुभयो  

१२ देखि १५ वर्ष उमेरका छात्रालाई ध्यानमा राखेर सुरु गरिएको यो सेवाले विद्यालयको समग्र शैक्षिक गुणस्तरमै फाइदा पुग्नेछ । दुई विद्यालयमा अध्यनरत ३ सय ५० जना छात्रालाई महिनावारीको समयमा प्याड निकाल्न सजिलो हुने र महिनावारीको समयमा विद्यालयमा छात्राहरु अनुउपस्थिति हुने समस्यामा कमी हुने उपाध्यक्ष श्रेष्ठले डबली खबरलाई जानकारी दिनुभयो । सकारले बजेट मार्फत् नेपालभरका विद्यालयमा नि:शुल्क सेनेटरी प्याड वितरण कार्यक्रम ल्याएको भन्दै यस्ता कार्यक्रमले विद्यालयका छात्राहरु लाभान्वित हुने बताउनुभयो ।

यसै गरी लिखु गापा-२ लब्दुस्थित श्रीकृष्ण आधारभूत प्राथमिक विद्यालयमा अध्यनरत ४० जना विद्यार्थीलाई झोला, स्टेसनरी सामानहरु एक कार्यक्रममा ४० थान झोला वितरण गरिएको लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top