२०८१, १२ बैशाख बुधबार

तीन स्रस्टालाई साहित्य सम्मान-२०७६ को घोषणा

    जेष्ठ २४ २०७६ १२:१८

nuwakot sahitya pratisthan nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोट साहित्य प्रतिष्ठान नेपालले तीन स्रस्टालाई साहित्य सम्मान-२०७६ को घोषणा गरेको छ ।

विगत डेढ दशकदेखि नियमित रुपमा नेपाली भाषा-साहित्य क्षेत्रमा विशेष योगदान दिदैं आएका स्रस्टाहरुलाई उक्त सम्मानबाट सम्मानित गर्न लागेको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण अमरले डबलीखबरलाई जानकारी दिनुभयो । सम्मानित हुनेमा महामण्डल साहित्य सम्मानबाट डा. नवराज लम्साल धादिङ, कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट जीवनाथ धमला ओखलढुंगा र महामण्डल युवा साहित्य सम्मानबाट बिना थिंङ काभ्रेलाई सम्मान गरिने अध्यक्ष अमरले जानकारी दिनुभयो ।

उक्त सम्मान आगामी असार १४ गते प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा नुवाकोटको विदुरमा हुनेछ । प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिको बैठकले निर्यण गरेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top