२०८१, १४ बैशाख शुक्रबार

रेडक्रसको कानुनी र व्यवस्थापकीय सुधार छिटो हुनुपर्ने: गृहमन्त्री थापा

    जेष्ठ २० २०७६ ०७:१७

meeting with home minister ram bahadur thapa badal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाण्डौ / गृहमन्त्री रामबहादुर थापा “बादल” ले नेपालमा रेडक्रसको कानुनी आधार सुदृढीकरणको लागि छिटो गृहकार्य सक्न नेपाल रेडक्रस सोसाइटीलाई परामर्श दिनुभएको छ ।

नेपाल रेडक्रसको नवगठित तदर्थ केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुसँग सिंहदरबारमा शुक्रबारको भेटमा गृहमन्त्री थापाले भन्नुभयो “नेपाल रेडक्रसलाई कानुनी हिसाबले मिलाउने र व्यवस्थित गर्ने कुरा नेपाल सरकारको प्राथमिकतामा छ ।”

नेपाल रेडक्रसका अध्यक्ष डा. विश्व केशर मास्केले कानुनी आधार बलियो बनाउन मस्यौदाको लागि काम सुरु गरिसकेको जानकारी दिनुभयो । रेडक्रसमा लामो अनुभव भएका व्यक्तिहरु बर्तमान नेतृत्वमा रहेकाले छिटो छरितो कार्य हुने कुरामा गृहमन्त्री थापा आशाबादी देखिनुभएको हो ।

नेरेसोको टोलीले शुक्रबार नै गृह सचिव प्रेमकुमार राईसँग छुट्टै भेट गरेको थियो । सो भेटमा तीन महिना अगावै कानुनको मस्यौदाको काम सक्न नेरेसोका अध्यक्ष डा. मास्केको नेतृत्वको टोलीलाई आग्रह गर्नुभयो । राइले भन्नुभयो: “रेडक्रस जस्तो सँस्थालाई व्यवस्थित गर्न कुरेर बस्ने अवस्था छैन् । नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुनेछ । तर समयरेखा अनुसार गर्नुपर्ने काममा ढीलाई नहुने व्यवस्था मिलाउनु महत्वपूर्ण छ ।”

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top