+
Search

ताजा अपडेट +

पपुलर +

किसानलाई उन्नत जातको बाख्रा र धानको बिउ

Paddy Dhaan Nepal
डबली खबर
६ साल अगाडी

तादी/नुवाकोटको तादी गाउँपालिकाले गाउँका लक्षित समुदायलाई आयआर्जनको लागि उन्नत जातको बाख्रा वितरण गरेको छ ।

गाउँपालिकाले दलित एकल महिला र गरिबीको रेखामुनि रहेका समुदायलाई आर्थिक उपार्जनको लागि बाख्रा बितरण गरेको हो । ५ जना महिलाहरुलाई एक/एक वटा उन्नत जातको वाख्रा वितरण गरिएको हो । महिलाहरुलाई गाउँ कार्यपालिका सदस्य यसोधा शर्माकट्टेल, वडा सदस्य हर्कबहादुर तामाङ, छत्रवहादुर खड्कालगायतले वाख्रा वितरण गरेका थिए ।

गाउँपालिकाले किसानलाई वर्खे धानको विउसमेत प्रदान गरेको छ । वडा नं. २ का किसानहरुलाई उन्नत जातको धानको विउ वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यालयले तीनसय घरधुरी किसानहरुलाई छनौट गरि एक/एक पोका युएस ३१३ र स्याम्पियन जातको धानको विउ वितरण गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ