२०८१, १९ बैशाख बुधबार

एक वर्षपछि नेकपा जिल्ला कमिटिलाई सपथ

    जेष्ठ १७ २०७६ ०५:५०

asta laxmi shakya Nepal Communist Party
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/पार्टी एकता भएको लामो समयपछि नुवाकोटमा नेकपाका जिल्ला सदस्यहरुले सपथ लिएका छन् । विहीवार विदुरमा आयोजित एक कार्यक्रममा स्थायी कमिटि सदस्य तथा नेकपा प्रदेश नं. ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

नुवाकोटमा संयोजकमा पूर्व माओवादीबाट हिरानाथ खतिवडा, सचिवमा पूर्व एमालेबाट नारायणप्रसाद खतिवडा रहेका छन् । संयोजक हिरानाथ खतिवडा प्रदेश सभा सदस्य हुन् भने सचिव नारायणप्रसाद खतिवडा प्रतिनिधि सभा सदस्य हुन् । जिल्ला कमिटिमा १७५ जना रहेका छन् । पूर्व एमालेबाट ७४ र पूर्व माओवादीबाट ७१ गरी १ सय ४५ जनाको जिल्ला कमिटि बनाइएको छ ।

नयाँ कमिटीका सदस्यहरुलाई शुभकामना दिँदै इन्चार्ज शाक्यले दुई ठूला कम्युनिष्ट पार्टीको एकतापछि मुलुकमा २० वर्ष सत्ता सञ्चालन गर्ने गरी नयाँ जिम्मेवारीका साथ अघि बढ्न सुझाव दिए । ‘कम्युनिष्टहरु तडकभडक गरेर सिद्धान्त भुल्दै गएका छन्’ शाक्यले भने– ‘जनताको आधारभुत आवश्यकता पूरा गरी समृद्धि हाँसिल गर्न तपाईहरु जनतासँग घुलमिल गर्नोस् र जनताको मन कसरी जित्न सकिन्छ भनेर चिन्तनमनन गरी छलफल गर्नुहोस् ।’ उनले एकता पूर्वका दुवै पार्टीका राम्रा अभ्यास र कमजोरीलाई आपसी समन्वयमा छलफल गरी राम्रा अभ्यासहरु एकसाथ लागू गर्न जिल्ला कमिटिका पदाधिकारीलाई निर्देशन दिए । शाक्यले नेकपाका सदस्यहरुको काँधमा श्रमजिवीका लागि काम गर्ने, पार्टी र सरकारले मुल नारा लिएको समृद्धिको अभियानलाई आत्मसाथ गरी सोही अनुसारका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।

कार्यक्रममा बोल्दै नेकपाका पोलिटव्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले पार्टी अनुशासनभित्र रहेर जिल्ला नेतृत्वले सुदृढ पार्टी निर्माणमा जुट्न आग्रह गरे । पाण्डेले पार्टीभित्र भएका आन्तरिक कमकमजोरीलाई छलफलका माध्यमबाट सुधार गरेर नागरिकस्तरसँग समन्वय गर्दै पार्टीका कार्यक्रमहरु अघि बढाउन आग्रह गरे ।

कार्यक्रममा नेकपा ३ नं. प्रदेशका सहइन्चार्ज एवं पुर्वमन्त्री हितबहादुर तामाङले देशमा सरकारविरुद्ध विपक्षी र अन्य क्षेत्रबाट प्रहार भइरहेको बताउँदै षड्यन्त्रहरुलाई पर्दाफास गर्ने अभियानमा जुट्न पार्टी नेतृत्वलाई आग्र्रह गरे । उनले सरकारका रचनात्मक कामको प्रचार र सरकारका कार्यक्रमलाई नागरिकस्तरसम्म पु-याउन कार्यकर्तालाई आग्रह गरे ।

विहीवारै रुसुवामा संयोजक कन्याल लामा र सचिवमा इन्द्र गौतम जगतजंगसहितको जिल्ला कमिटिका सदस्यहरुलाई स्थायी कमिटि सदस्य शाक्यले पद तथा गोपनियताको सपथ गराएका थिए । विदुर र रसुवाको धुन्चेमा विहीवार एकैदिन पार्टी पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका हुन् । रसुवामा पूर्वएमालेबाट ६० र पूर्व माओवादीबाट ४० प्रतिशत गरी कुल १ सय ३५ जनाको जिल्ला कमिटि रहेको छ ।

कार्यक्रममा नेकपा ३ नं. प्रदेशका अध्यक्ष नारायण दाहाल, सचिव आनन्दप्रसाद पोख्रेल लगायतले पनि दुवै जिल्ला कमिटिका सदस्यहरुले पार्टी निर्देशन, विधान र निर्देशन अनुसार नागरिकका समस्या समाधानको लागि जुट्न आग्रह गरेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top