२०८१, २१ बैशाख शुक्रबार

१२ औँ गणतन्त्र दिवस नुवाकोटमा यसरी मनाईयो

    जेष्ठ १५ २०७६ २०:००

12th republic day nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / १२ औँ गणतन्त्र दिवस विशेष कार्यक्रम समारोहको आयोजना गरी नुवाकोटमा भव्यताका साथ मनाइएको छ ।

जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा पञ्चेबाजासहित जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिले सदरमुकाम विदुरको लोकतान्त्रिक चौतारादेखि सिमचौरमा निमार्णधिन गणतन्त्र स्मारक पार्कसम्म प्रभातफेरी गरिएको छ ।

प्रभातफेरिमा शहिद चन्द्र बयलकोटीकी धर्मपत्नी कल्पना बयलकोटी, प्रमुख जिल्ला अधिकारी उद्धव वहादुर थापा, जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, नगर प्रमुख सञ्जु पडिण्त लगायतले निमार्णधिन पार्कमा १ सय भन्दा बढि धुपी, कपुर, चाँप, सल्ला लगायतका विरुवा बृक्षारोपण गरेको थिए ।

प्रभातफेरिपछि सभामा बोल्दै सहिद चन्द्र बयलकोटीकी धर्मपत्नी कल्पना बयलकोटीले संकटकालबाट देशलाई गणतन्त्र मुलुकमा ल्याउन कयौँ आमाको कोख रित्तो, छोराछोरीले आफ्ना आमाबाबु गुमाएको, कयौँ श्रीमतीको सिउँदो सिन्दुर पुछिएकोमा दुःख व्यक्त गर्नु भयो। दिवसको एक दिन मात्र नभई सधै मुलुक परिवर्तनका लागि ज्यान गुमाउने सहिद सम्झनुपर्ने बताउनुभयो। बयलकोटीले निर्माणाधीन पार्कमा सहिदको शालिक राखिनुपर्ने धारणा व्यक्त गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी उद्दवबहादुर थापा, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित लगायत राजनैतिकदलका प्रतिनिधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापानाका लागि आहुती दिएका सहिदको सपना पुरा गर्नमा सबै लागि पर्नुपर्ने बताउनु भयो ।

गणतन्त्र दिवसको अवसरमा जिसस नुवाकोटको आयोजनामा जेठ १४ गते विदुर नगरपालिका वडा नं ५ स्थित देविघाट परिसर सरसफाई गरेको थियो । त्यस्तै, जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयमा नगरस्तरिय निबन्ध प्रतियोगिताको आयोजना गरिएको थियो । निबन्ध प्रतियोगितामा २९ विद्यालयका ३२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम भैरवी माविका छात्रा प्रस्तुती आर्चायलाई नगद ५ हजार, दोस्रो संस्कृत प्रकाशजंग माविका छात्र नविन सुवेदीलाई ३ नगद हजार र तृतिय पृथ्वी मावीका छात्रा नम्रता अधिकारीलाई नगद २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

आज साँझ नेपाली काँग्रेस नुवाकोटले लोकतान्त्रिक चौतारामा दिप प्रज्वलनको साथै संघीयता विषयक अन्तरक्रिया गरेको थियो ।

त्यस्तै, जिल्ला कारागार नुवाकोटले विभिन्न अभियोगमा कैद जीवन बिताइरहेका ८ जनालाई कारागार मुक्त गरेको थियो । गणतन्त्र दिवसको अवसरमा कैदमा ५० प्रतिशत भुक्तान गरेका र असल चालचलन भएको भन्दै प्रमुख जिल्ला अधिकारी र जेलरको सिफारिसमा ८ जना कैद मुक्त भएका हुन्।

कैद मुक्त हुनेहरुमा चारघरेका सविन भुजेल, मदानपुरकी कान्छी तामाङ, देउरालीका सुनासिंह तामाङ, सिमिकोट हुम्लाकी खान्डु तामाङ, विदुर नगरपालिका-५ का गेहेन्द्रराज गजुरेल रहेका छन्।

यस्तै कैदकट्टी हुनेहरुमा चारघरेका सागर अधिकारी, चौघडाका नरे भन्ने नरबहादुर दमाई र दाङसिङका सन्तोषकुमार तामाङ रहेको जिल्ला कारागार नुवाकोटका सहायक जेलर रामराजा भण्डारीले बताए। भण्डारीको अनुसार अब कारागारमा १३ जना महिला र १ सय ४७ गरी १ सय ६० जनाले कैदी जीवन बिताइरहेका छन्। जिल्ला कारागार नुवाकोटमा ५० जना पुरुष बन्दी अट्ने क्षमता भए पनि अहिले तेब्बर क्षमताको भार थेगिरहेको छ। कारागारमा २० जना महिला बन्दी अट्ने क्षमता रहेको छ ।


प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top