+
Search

ताजा अपडेट +

पपुलर +

प्रशासनको दैलोमै अतिक्रमण: अतिक्रमित टहरोमा वनले चलायो डोजर

tempo house
डबली खबर
६ साल अगाडी

विदुर, नुवाकोट / जिल्ला प्रशासन कार्यालयको गेटै अगाडी लामो समयसम्म अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउने अभियान सुरु भएको छ ।

विदुर नगरपालिका वडा नम्बर २ स्थित जिल्ला प्रशासन कार्यालयको गेट अघि निर्माण भएका केह टहरोमा वन कार्यालयले सोमवार डोजर लगाएको छ । वनदेवि सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरेर बनाइएका केही टहरा जिल्ला वन कार्यालयले सोमबार जिल्ला प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा खाली गराएको हो ।

जिल्ला वन कार्यालयले सार्वजनिक सुचना जारी गर्दे १० दिनभित्र सामुदायिक वन क्षेत्रमा बनेका घरटहरा खाली गर्न सार्वजनिक सुचनामार्फत आग्रह गरेको थियो ।

अतिक्रमण गरेको क्षेत्रका घरटहरा भत्काउनु अघि समेत वन कार्यालयले समबन्धित टहराका घर धनीहरुलाई सामान सुरक्षित राख्न आग्रह गरेर मात्रै डोजर लगाएको जिल्ला वन कार्यालयका निमित्त डिभिजन वन अधिकृत राजकुमार यादवले बताए । अतिक्रमण गरेर बनाइएका केही टहराहरु उच्च अदालत पाटनको आदेशका कारण सोमवार भत्काइएको छैन । उच्च अदालत पाटनको आदेशको कारण सुशील केसी, कमलादेवी पण्डित, सुदिप केसी, गोमादेवी पाण्डे गुरुङ र शान्ति गुरुङ बस्दै आएका घरटहरा छाडिएको निमित्त डिभिजन वन अधिकृत यादवले जनाएको छ ।

उच्च अदालत पाटनमा नापी कार्यालय, मालपोत कार्यालय, वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाई दायर भएको मुद्दामा ‘तत्काल सुकुम्वासीको टहरो नभत्काउनु’ भन्ने आदेश आएका कारण नभत्काइएको बताइएको छ ।

जग्गा_संरक्षण_निर्णय_१.jpg

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ