sujim bazar advert

नुवाकोटमा ‘इच्छुक’को सम्झनाः

    जेष्ठ १३, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

krishna sen journalist nepal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर/पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को योगदानको चर्चा गर्दै सोमबार नुवाकोटमा १७ औ स्मृति दिवस बनाइएको छ ।

सहिद कृष्णसेनको सम्झनामा प्रेस संगठन नेपाल जिल्ला शाखा नुवाकोटको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले देशमा भएको परिवर्तनलाई संस्थागत गरी देशमा समृद्धि कायम भएमात्र सहिदका सपना पूरा हुने धारणा राखेका छन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरु बुद्धिजीवी, पत्रकार, राजनीतिज्ञ लगायतका व्यक्तिहरुले पत्रकार सेनले साहित्य र पत्रकारितामार्फत् देशको शासन व्यवस्था परिवर्तनमा भूमिका खेलेको धारणा राखेका छन् । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नं. प्रदेश कमिटि सदस्य सुभद्रा नेपालले पत्रकार सेनको निडर अनि साहसिक पत्रकारिता र शक्तिशाली साहित्यिक योगदानकै कारण देशमा परिवर्तन भएको धारणा राख्दै परिवर्तनलाई संस्थाथत गर्दै शोषित पीडितको मुक्ति नै इच्छुक प्रति सच्चा श्रद्धाञ्जली हुने बताइन् ।

तत्कालीन जनादेश साप्ताहिकका सम्पादकसमेत रहेका कृष्ण सेनको १७ वर्षअघि २०५९ जेठ ६ मा बेपत्ता बनाएर समातिएका हप्ता दिनसम्म चरम यातना दिई हिरासतमै हत्या भएको थियो ।

प्रेस चौतारी नेपाल नुवाकोटका अध्यक्ष भोलाराज पौडेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा विषेश अतिथी प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य देवचन्द्र भट्ट, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्यहरु यमकुमार खाति, इन्द्रबहादुर पण्डित, बुद्धिजिवी शिवराम रिजाललगायतले सेनका विचारहरुलाई आत्मसाथ गर्न सकिएमा मात्रै उनीप्रति सच्चा सम्मान हुने बताएका थिए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top