२०८१, १२ बैशाख बुधबार

विस्थापितको लागि तीन ठाउँमा एकीकृत वस्ती

    जेष्ठ ८ २०७६ ०६:०६

village community jafati nuwakot shantibazar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवकोटका विभिन्न स्थानबाट विस्थापित भई सदरमुकाम विदुरमा आश्रय लिइरहेका विभिन्न गाउँपालिकाका विस्थापितले सुरक्षित आवास पाएका छन् । अक्सफार्मको आर्थिक सहयोगमा सहायता सामाजिक संस्थाले विभिन्न तीन स्थानमा एकीकृत वस्ती निर्माण गरेको हो ।

किस्पाङ गाउँपालिकाको भाल्चेबाट विस्थापित भएका १८ घरधुरीलाई विदुर नगरपालिका वडा नं. ९ वोर्थोक घलेटोल एकीकृत वस्ती निर्माण गरिएको छ । दुई कोठे र तीन कोठे निर्माण भएको छ । इन्टरलक ब्लक प्रयोग गरी निर्माण गरिएको एकीकृत वस्तीमा भाल्चेबाट विस्थापित भएका परिवारले वसोवास थालिसकेका छन् । उपभोक्ता समितिका अध्यक्ष शेषमान घलेले वस्तीमा सडक सुधार, विद्युतीकरण र नालीको समस्या रहेको बताए । भुकम्पपछि वस्ती चिरा परेपछि सदरमुकाम विदुर आसपासका विभिन्न स्थानमा छरिएर बस्दै आएका समुदाय एउटै वस्तीमा वस्न पाएपछि स्थानीयमा सुखीयाली छाएको उनले बताए । ‘गाउँ छाडेर विस्थापित हुनुपर्दा दुःख लागेको छ, विस्थापित मेरबहादुर तामाङले भने– ‘एकै ठाउँमा एउटै समुदाय बस्न पाउँदा खुशी पनि छौँ ।’ सरकारले जिविकोपार्जनको बाटो देखाइदिए आफूहरुको जीवनयापन अझै सहज हुने उनीहरुको विश्वास रहेको छ । संस्थाले जिविकोपार्जनको लागि विभिन्न तालिमसमेत प्रदान गरिरहेको सहायता सामाजिक संस्थाका शिवराम रिजालले बताए । ‘संस्थाले सकेसम्म विस्थापितलाई जिविकोपार्जनका उपायहरु सिकाएर आत्मनिर्भर बनाउने कोसिस गरेको छ, रिजालले भने– ‘तालिमसहित एकएक वटा कुखुरा पालनको लागि खोरसमेत प्रदान गरिने छ ।’

एक घर निर्माणको लागि ७ लाख २५ हजार रुपैयाँ प्राप्त भएकोमा ७ लाख रुपैयाँमै घर निर्माण भएको संस्थाले जनाएको छ । घर निर्माणको लागि स्थानीयले समेत जनश्रमदान गरेको र गारो लगाउने इन्टरलक ब्लक निर्माण स्थलमै बनाइएकाले पनि सुलभ मूल्यमा वस्ती निर्माण भएको संस्थाले जनाएको छ । वस्तीको भौतिक पूर्वाधार विकासको लागि ७२ लाख रुपैयाँ बरावरको डिपिआर तयार भएको र यो रकम विदुर नगरपालिकामार्फत खर्च हुने कार्यक्रमका कार्यक्रम संयोजक विशाल गौतमले बताए ।

नेपाल भुकम्प पुर्नलाभ तथा पुर्ननिर्माण परियोजना मार्फत सञ्चालन भएको परियोजना अन्र्तगत संस्थाले किस्पाङ गाउँपालिकाको शान्तिबजारमा पनि १६ घरधुरीको लागि एकीकृत वस्ती निर्माण गरेको छ । रसुवा जिल्लाका विभिन्न स्थानबाट विस्थापित भइ आएका परिवारलाई व्यवस्थि तगर्न एकीकृत वस्ती निर्माण गरिएको हो । यस्तै तल्लो शान्तिबजारमा पनि २१ घरधुरीका लागि एकीकृत वस्ती निर्माण गरिएको छ । रसुवाबाट विस्थापित भएका परिवारलाई एकीकृत वस्ती निर्माण भएको संस्थाले जनाएको छ ।

परियोजना अन्र्तगत एकीकृत वस्ती निर्माणसँगै जिविकोपार्जन, लैंगिक तथा संरक्षण, विपद् जोखिम न्यूनीकरण, खानेपानी योजना, तथा सरसफाइका साथै भौतिक विकासका अन्य कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top