२०८१, १४ बैशाख शुक्रबार

समुन्द्रटारमा उद्योगी तथा व्यवसायीबीच अन्तरक्रिया

    जेष्ठ ८ २०७६ ०५:५३

ncci nuwakot purnima interaction with entrepreneur
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

समुन्द्रटार / दुप्चेश्वर गाउँपालीकाको समुन्द्रटारमा ७० भन्दाबढी उद्योगी तथा व्यवसायीबीच अन्तरक्रिया भएको छ ।

कार्यक्रममा निर्माण सम्बन्धी उद्योगी व्यवसायिका लागि वित्तिय साक्षरता तथा पहुँच अभिवृद्धि, उद्योग व्यवसाय दर्ता नविकरण तथा अन्य कानुनी प्रक्रिया र पुर्णिमा: कार्यक्रमका गतिविधिको बारेमा जानकारी गराएको थियो ।

गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले व्यवसायिक हितका लागि पालिकाद्वारा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष तामाङले उद्योगी व्यवसायीलाई संगठित गर्दै गुणस्तरिय वस्तुको उत्पादन तथा बिक्रि वितरणको व्यवस्थापनका लागि नुवाकोट उद्योग वाणिज्य संघलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रमका नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले व्यवसायिक वातावरण निर्माणका लागि संघ लागि परेको र व्यवसायिको जस्तोसुकै समस्यमा पनि संघले सहयोग गर्ने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी गजुरेलले गाउँपालिकाद्वारा उद्योगी व्यवसायीमैत्री निति तथा कार्यक्रम ल्याउने र गाउँपालीकाको विकासमा व्यवसायिको भुमिका अहमहुने भएकोले आवश्यक सहयोगको अपेक्षा समेत व्यक्त गर्नु भयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top