२०८१, ७ बैशाख शुक्रबार

पाइलट प्रोजेक्ट अनुरुप मौरीको घार वितरण

    जेष्ठ ६ २०७६ १२:०७

bee house distribution bidur municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोटको विदुर नगरपालिकाका किसानहरुलाई मौरीको घारसहित उन्नत जातको मौरी वितरण गरिएको छ ।

नगरपालिकाको कृषि अनुदान अनुरुप नगरपालिकाका वडा नम्बर २, १० र ११ का मौरीपालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा १ सय ९ मौरीका घार वितरण गरिएको छ । त्यस्तैगरी किसानहरुलाई मौरी टोपी, मौरी पन्जा र मौरी स्ट्यान्ड समेत वितरण गरिएको छ ।

नगरपालिकाका उपमेयर गीताकुमारी दाहालले नगरमा पहिलोपटक पाइलट प्रोजेक्टको रुपमा घारसहित मौरी वितरण गरिएको बताउनुभयो । ‘मौरीपालनमा कृषकको आकर्षण बढाउन ५० प्रतिशत अनुदानमा घार वितरण गरेका हौँ’ दाहालले भन्नुभयो । ‘यसले कृषकलाई व्यावसायिक बन्न सहयोग पुग्ने विश्वास लिइएको छ’ उपमेयर दाहालले भन्नुभयो । घार वितरणपछि मौरीपालक किसानको लागि कुशल मौरी व्यवसाय बन्नको लागि आवश्यकता अनुसार तालिम, मौरीको आहारा, बजार व्यवस्थापन लगायतको कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

अनुदानबाट मौरीपालक किसानले ५ हजार ४ सय १२ मा मौरी घारसहित उन्नत जातको मौरी पाएका छन् ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top