२०८१, १३ बैशाख बिहीबार

जेठ ४ देखि पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला

    जेष्ठ २ २०७६ २२:०२

post bahadur bogati agriculture expo 2076
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / ककनीमा यही जेठ ४ देखि ८ गतेसम्म सञ्चालन हुने ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

आज विहीवार विदुरमा मेला व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी पूरा भएको मेला व्यवस्थापन समितिका संयोजक एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले जानकारी दिएको छ ।

मेलाको उद्घाटनको लागि नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नुवाकोट आउने भएका छन् । यसका साथै नेकपाकै नेता माधवकुमार नेपाल, रक्षा मन्त्री इश्वर पोखरेल, कृषि मन्त्री चन्द्रपाणि खनाल तथा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहित मेलाको अवलोकनका लागि नुवाकोट आउने भएका छन् । मेला व्यवस्थापन समितिका संयोजक एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले पत्रकार सम्मेलनमा प्रचण्डद्वारा उद्घाटन हुने कृषि मेला प्रदर्शनीमा जेठ ५ गते नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, जेठ ६ गते रक्षा मन्त्री इश्वर पोखरेल, जेठ ७ गते नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महत र मेला समापनको लागि कृषि मन्त्री चन्द्रपाणि खनाल आउने कार्यक्रम तय भएको बताए । काठमाडौं नजिकै रहेको ककनी गाउँपालिकाको रानीपौवामा हुने प्रदर्शनीले नुवाकोटमा कृषिको सम्भावना र उत्पादनको बारेमा विशेष महत्व राख्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले मेलामा हरेक पालिकामा कृषि उत्पादनको झल्को दिने स्टल राखिने र स्टलबाटै १२ वटै पालिकाका उत्पादन र कृषि उपजको बारेमा सर्वसाधारणले जानकारी लिने सक्ने बताए ।

नुवाकोटको कृषि क्षत्रको विकास, विस्तार एवम् प्रवर्धन गर्दै कृषि उत्पादनमा युवाको आकर्षण बढाउने र युवाहरुलाई विदेशीनबाट रोक्ने मेलाको मुख्य लक्ष्यका साथ मेलाको आयोजना गरिएको समितिले जनाएको छ । कृषिलाई रोजगारको मुख्य गन्तव्य बनाई देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन कृषि मेला प्रदर्शनीले भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।

नुवाकोट जिल्लाका दुई नगरपालिका सहित १० गाउँपालिका र छिमेकी तीन जिल्ला रसुवा, धादिङ र काठमाडौं समेत समेट्ने गरि मेलाको आयोजना गरिएको बोगटी स्मृति प्रतिष्ठानले जनाएको छ । कुल ४० स्टल रहने मेलामा प्राथमिकताका आधारमा नुवाकोटका १२ स्थानिय तहलाई एक–एक वटा स्टल निःशुल्क उपलब्ध गराइएको र बाँकी स्टलहरु व्यवसायीक मागका आधारमा उपलब्ध गराइने छ ।मेलामा स्थानीय कृषि उत्पादन, कृषि सामाग्री र कृषि परामर्श केन्द्रका स्टलहरु रहने छ ।

मेलामा जिल्लाको विशेष कृषि उत्पादन ट्राउट माछाको समेत अवलोकन गर्न सकिने छ । कृषि प्रदर्शनी मेलामा ५० हजार अवलोककर्ताहरुको सहभागिता रहने र २ करोडको कारोवार हुने आयोकजले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top