विदुर / नुवाकोट जिल्लाका विदुर नगरपालिका, शिवपुरी, दुप्चेश्वर र तादी गाउँपालिकाका ४९ जना युवा उद्यमीहरुले व्यवासायिक उद्यमी तालिममा लिएका छन् ।
व्यवसायिक योजना निर्माण तथा उद्यमी र वित्तिय संघसंस्थाबीच अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले वैदेशिक रोजगारलाई कम गर्न देशमै रोजगारको सिर्जना गर्नुपर्ने र आर्थिक सम्वृद्धितर्फ लाग्न सकिने बताउनुभयो । तालिम पश्चात् आफ्नो व्यवसायको योजनालाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले तालिमले दक्ष जनशक्ति उत्पादनले जिल्लाको आर्थिक गतिविधिमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
नुवाकोट उद्योग वाणिज्य संघ र पूर्णिमा: निजी क्षेत्र विकास परियोजनाले संचालन गरेको तालिममा सहभागी भएका मध्येबाट २५ जना युवा उद्यमीहरुलाई वित्तीय ऋण सहजीकरण गरिएको परियोजनाका संयोजक चन्द्र आलेले जानकारी दिनुभयो ।
ईलम प्रशिक्षण केन्द्रमा रहेको व्यवसाय सहायता कक्षले व्यवसायिक योजना निर्माण तथा कार्यान्वयन गर्न सहजिकरण, व्यवसायका लागि ऋण पहुँचमा सहजिकरण, आवश्यकताका आधारमा व्यवसाय विकास तालिम प्रदान गर्ने, व्यवसाय दर्ता, कर सम्बन्धि परामर्श सेवा, व्यवसायिक परामर्श सेवा, उद्यमीहरुलाई सीप वृद्दिको लागि सीपमूलक तालिम दिने, त्यस्ता संस्थाहरुसँग सम्पर्क गराउने, व्यवसायिक सेवा प्रदायक केन्द्रहरुसंग सम्पर्क गराउने, नयाँ प्रविधीमा पहुँचका लागि सहजिकरण, उत्पादन/सेवाको गुणस्तर अभिवृद्धिमा सहयोग र उद्योग व्यवसायमा रोजगारीको अवसरमा पहुँच पुर्याउन सहयोग गर्दछ ।
प्रतिक्रिया