विदुर / नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिले देशमा चलिरहेका कुनै पनि काण्डमा नेपाली काँग्रेसको संलग्नता रहेको दावी गरेका छन् ।
शुक्रवार प्रेस युनियन नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका कांग्रेस नेता महतले कम्युनिष्ट सरकार काण्डैकाण्डमा फस्दै गएको र जनआकांक्षा अनुसार काम गर्न नसकेकाले असक्षम प्रमाणित भइसकेको टिप्पणी गरे । ‘वाइडवडी, बालुवाटारसहित हरेक काण्डमा वर्तमान सरकार फस्दै गएको छ, डा. महतले भने– ‘आफू जोखिनको लागि प्रतिपक्षको समेत संलग्नता रहेको प्रचार गरिरहेको छ ।’ कम्युनिष्टले गरेको झुटो प्रचारलाई विश्वास गरेर जनताले मत दिएपनि जनमतको कदर गर्न वर्तमान सरकार असफल भएको नेता महतले बताए । उनले एक पछि अर्को काण्डमा फस्दै जाँदा अहिलेको सरकार असफल सावित भइसकेको बताए ।
डा.महतले प्रेस र अभिव्यक्ति स्वन्तन्त्रता नागरिकको नैसर्गिक अधिकार भएकाले यसलाई कमजोर बनाउने गरेर सरकारले नयाँ व्यवस्था गर्न लागेको प्रति असहमति जनाउँदै समाचार प्रकाशन तथा प्रशारण गरेबापत पत्रकारलाई जेलदेखि लाखौ रुपैयाँ नगद जरिवाना गर्ने गर्ने कानुन राणाकालमा पनि नभएको बताए ।
प्रतिक्रिया