विदुर / नुवाकोट जेसीजको आथित्यमा नेपाल जेसीज एरिया “ग” सम्मेलन नुवाकोट हुँदैछ । भोलि बैशाख २७ गतेदेखि सुरु हुने सम्मेलन २८ गतेसम्म संचालन हुने छ ।
१८ वर्षदेखि ४० वर्ष उमेरका युवाहरु संस्थाको एरिया “ग” मा १७ जिल्लाका ३३ संस्थाका करिब ६ सय युवाहरुको सहभागीता रहने सम्मेलन निर्देशक सुर्जित भण्डारीले जानकारी दिनुभयो । भोलि बैशाख २७ गते विदुर नगरपालिकाको बट्टारमा रहेको कभर्ड हलमा सुरु हुने सम्मेलनको उद्घाटन पूर्व पराराष्ट्र मन्त्रि तथा नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले गर्नहुने सम्मेलन निर्देशक भण्डारीले जानकारी दिनुभयो ।
सम्मेलनमा जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन, जिल्लाका ऐतिहासक, सांस्कृतिक वस्तुस्थितिको पहिचानको साथै विविध जातीयको झाँकी प्रदर्शनी गरिने नुवाकोट जेसीजका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभयो । सम्मेलनमा नुवाकोट जेसीजले तयार गरेको “स्पर्श” स्मारिका पनि सार्वजनिक गरिने अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
नुवाकोट जेसीज सन् २०१३ मा स्थापना भएको युवाहरुको संस्था हो । देशभर जेसीज नेपालको १ सय ५० संस्थामा १५ हजारभन्दा बढी सदस्य रहेको छ ।

प्रतिक्रिया