२०८१, १४ बैशाख शुक्रबार

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै नगरपालिका

    बैशाख २३ २०७६ २२:५०

health care older people
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / विदुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ ।

नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिका क्षेत्रभित्र रहेका ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको जीवन यापनमा सहजता ल्याउनका लागि सबै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरिएको हो । स्वास्थ्य परीक्षणका लागि नगरपालिकाले नपाको स्वास्थ्य इकाई अन्र्तगत रहेका स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु परिचालन गरेको छ ।

हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामान्य स्वास्थ्य सेवा पु-याउनको लागि सञ्चालन गरिएको कार्यक्रमका लागि वडा स्तरमा भएका स्वास्थ्य संस्थाका कर्मचारी परिचालन गरिएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । नगरपालिकाको सेवा घरघरमै पु¥याई समाजका ऐनाको रुपमा रहेका ज्येष्ठ नागरिकको सम्मानको लागि कार्यालयले वृद्धवृद्धाको नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको पण्डितले बताए ।

कार्यक्रमअन्तर्गत बिरामी परीक्षण एवम् उपचार, स्वस्थ्य जीवनशैली सम्बन्धी परामर्श, थप उपचारका लागि सल्लाह दिई उनीहरुको स्वास्थ्यमा थप सुधार ल्याउनका लागि कार्यक्रम पैभावकारी हुने उपप्रमुख गिता दाहालले बताइन् ।

यसै अन्तर्गत वडा नं. २ को सहरी स्वास्थ्य केन्द्रले पनि आफ्नो वडामा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सेवा सुरु गरेको छ । वडा नं. २ मा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्यमा देखिएका समस्या पहिचान गरि स्वास्थ्य सुझाव दिन थालिएको सहरी स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट संगीता भण्डारीले जानकारी दिए । स्वास्थ्य परीक्षणपछि ज्येष्ठ नागरिकमा देखिएका सानातिना रोगको औषधिसमेत निःशुल्क प्रदान गरिँदै आएको भण्डारीले बताए । ज्येष्ठ नागरिकहरुमा मुटुरोग, दम,सुगरलगायतका रोगीहरुले नियमित रुपमा औषधि सेवन गरिरहेको पाइएको छ । सामान्य स्वास्थ्य परीक्षण गरी रोग अनुसार औषधी सेवन गर्न, खानपिनमा ध्यान दिन, व्यायाम गर्नको लागि सल्लाह प्रदान गर्ने गरिएको भण्डारीले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top