sujim bazar advert

गुणस्तरीय शिक्षाको लागि महायज्ञ

    बैशाख २३, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

belkotgadhi municipality
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

बेलकोटगढी / विद्यालयलाई प्राविधिक शिक्षा आर्जन गर्ने थलोको रुपमा विकास गर्न नुवाकोटको बेलकोटगढी नगरपालिकाको एक विद्यालयले आइतवारदेखि महायज्ञ सञ्चालन गरेको छ ।

भौतिक पुर्वाधार तथा आर्थिक रुपमा संकटमा परेपछि सामुदायिक विद्यालय सञ्चालनको लागि नुवाकोटको बेलकोटगढी नगरपालिका-९ स्थित करुणाकर आधारभूत विद्यालय सञ्चालनको लागि महायज्ञ सञ्चालन गरेको हो । महायज्ञको आइतवार संघीय सरकारका सांसद नारायणप्रसाद खतिवडाले एक कार्यक्रमका वीच औपचारिक सुरुवात गरेका छन् । महायज्ञको पहिलो दिन कलशयात्राका सहभागी पञ्चकन्यालाई कलश हस्तान्तरण गर्दै खतिवडाले विद्यालयको शैक्षिक एवं भौतिक विकासको लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समन्वय आवश्यक हुने बताउँदै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लाग्न सुझाव दिए ।

कक्षा ८ सम्म पढाई हुने यस विद्यालयले विद्यालयको अक्षयकोष स्थापनाका साथै आधुनिक र गुणस्तरीय एवं प्राविधिक शिक्षा सञ्चालनका लागि शैक्षिक महोत्सवबाट आर्थिक स्रोत संकलन गर्न लागिएको बेलकोटगढी नगरपालिका वडा नंं ९ का वडाध्यक्ष बाबुराम गजुरेलले बताए ।

महायज्ञमा नेपालकै चर्चित बथावाचक बालतपस्वी पण्डित उत्तम भट्टले कथा बाचन गर्नेछन् । यो उनको १०८ श्रीमद्भागवत राष्ट्र शान्ति महायज्ञको ८३ औँ अनुष्ठान हो । निजी विद्यालयको बढ्दो चुनौतीसँगै त्यसतर्फ नै विद्यार्थीहरुको लाम लागिरहेको अवस्थामा सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक योजना बनाएर अघि बढ्ने योजनासहित आर्थिक स्रोत संकलनको लागि सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको धार्मिक तथा शैक्षिक महोत्सव मूल समारोह समितिका अध्यक्ष नवराज गजुरेलले बताए ।

आधारभुत तहसम्मको पढाई हुने यस विद्यालयमा एक जना मात्र दरवन्दीका शिक्षक रहेका छन् भने ६ जना शिक्षक निजीस्तरबाट समुदायले तलव खुवाइरहेका छन् ।

धार्मिक शैक्षिक महोत्सव यही बैशाख २२ देखि २९ गतेसम्म सञ्चालन हुने यज्ञमा ६० लाखदेखि एक करोडसम्म सहयोग (दान) प्राप्त हुने लक्ष्य आयोजक समितिले लिएको छ । महायज्ञको पहिलो दिन १०८ महिलाहरुको कलशयात्राले वडा नं. ९ का विभिन्न स्थान परिक्रमा गरेको थियो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top