sujim bazar advert

१ सय १७ वर्षिया वृद्धालाई पालिकाको सम्मान

    बैशाख १७, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

batuli lamichhane 117 years old kakani nuwakot older woman in world
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

ककनी / नेपालकै ज्येष्ठ नागरिकको रुपमा रहेका एक वृद्धालाई ककनी गाउँपालिकाले मासिक दश हजार रुपैयाँ प्रदान गर्ने भएको छ । ककनी गाउँपालिका वडा नं. ८ (साविक थानसिं) का बाटुली लामिछानेलाई पालिकाकै अभिभावकको रुपमा सम्मान गर्दै गाउँपालिकाले मासिक दश हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

लामिछानेलाई गाउँपालिकाले पालन पोषण, रेखदेख गर्नको लागि यहि वैशाख महिनादेखि मासिक १० हजार रुपैयाँ दिने निर्णय भएको उपप्रमुख सीता खतिवडाले जानकारी दिइन् । लामिछानेलाई गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि ह्वील चियर समेत वितरण गर्नुका साथै उनको स्वास्थ्य जाँच पनि गरेको छ ।

गाउँपालिकाकै सबैभन्दा बढी उमेरको अभिभावक भएको भन्दै उनको संरक्षकत्व ग्रहण गर्नु गाउँपालिकाको कर्तव्य भएको गाउँपालिकाका प्रमुख मानवहादुर लामाले वताए । १ सय १७ वर्षिया बाटुलीलाई विश्वकै सबैभन्दा बढी उमेरकी जीवित महिला भनेर दावी गरिएको छ । यद्यपि यसको आधिकारिकता भने भइसकेको छैन ।

बाटुलीलाई गिनिज बकु वल्र्ड रेकर्डमा समावेश गर्न गाउँपालिकाले सम्बन्धित निकायलाई पत्र पठाएको गाउँपालिकाकी उपप्रमुख सीता खतिवडाले बताइन ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top