२०८१, १४ बैशाख शुक्रबार

१ सय १७ वर्षिया वृद्धालाई पालिकाको सम्मान

    बैशाख १७ २०७६ २०:५३

batuli lamichhane 117 years old kakani nuwakot older woman in world
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

ककनी / नेपालकै ज्येष्ठ नागरिकको रुपमा रहेका एक वृद्धालाई ककनी गाउँपालिकाले मासिक दश हजार रुपैयाँ प्रदान गर्ने भएको छ । ककनी गाउँपालिका वडा नं. ८ (साविक थानसिं) का बाटुली लामिछानेलाई पालिकाकै अभिभावकको रुपमा सम्मान गर्दै गाउँपालिकाले मासिक दश हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

लामिछानेलाई गाउँपालिकाले पालन पोषण, रेखदेख गर्नको लागि यहि वैशाख महिनादेखि मासिक १० हजार रुपैयाँ दिने निर्णय भएको उपप्रमुख सीता खतिवडाले जानकारी दिइन् । लामिछानेलाई गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि ह्वील चियर समेत वितरण गर्नुका साथै उनको स्वास्थ्य जाँच पनि गरेको छ ।

गाउँपालिकाकै सबैभन्दा बढी उमेरको अभिभावक भएको भन्दै उनको संरक्षकत्व ग्रहण गर्नु गाउँपालिकाको कर्तव्य भएको गाउँपालिकाका प्रमुख मानवहादुर लामाले वताए । १ सय १७ वर्षिया बाटुलीलाई विश्वकै सबैभन्दा बढी उमेरकी जीवित महिला भनेर दावी गरिएको छ । यद्यपि यसको आधिकारिकता भने भइसकेको छैन ।

बाटुलीलाई गिनिज बकु वल्र्ड रेकर्डमा समावेश गर्न गाउँपालिकाले सम्बन्धित निकायलाई पत्र पठाएको गाउँपालिकाकी उपप्रमुख सीता खतिवडाले बताइन ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top