२०८१, १४ बैशाख शुक्रबार

पत्रकारद्वारा विद्यार्थीको अभिभावकत्व ग्रहण

    बैशाख १५ २०७६ २२:२६

education donate shiva devkota nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / पत्रकार शिव देवकोटाले च्वाडी पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत एक विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । देवकोटा उत्तरगया दैनिक र नुवाकोट जागरणका सम्पादक हुन् ।

च्वाडी मावि कक्षा २ मा अध्ययनरत छात्र प्रितम तामाङको पत्रकार देवकोटा र समाजसेवी रामप्रसाद ढकालले प्रितमकी दिदी कक्षा ६ मा अध्ययनरत पुजा तामाङको अभिभावकत्व ग्रहण गरेका हुन् । देवकोटा र ढकालले विपन्नताका कारण शिक्षा प्राप्त गर्ने अवस्थाबाट बञ्चित हुन नदिन दिदीभाईको अभिभावकत्व ग्रहण गरेको जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक टिकाराम खरेलका अनुसार पत्रकार देवकोटालाई विद्यालयको आग्रहमा तामाङले विद्यालयमा अध्ययन गरुञ्जेलसम्म नियमित खाजासहित अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराउने सहमति भएको जानकारी दिएका छन् ।

म्यागङ गाउँपालिका-३ देउरालीका प्रितमको बुवा सम्पर्कविहिन रहेको र आमा अन्यत्र विवाह गरेर गएका कारण तामाङलाई ठुलोबुवा सोमवारेले संरक्षण दिई आईरहेका थिए । ठुलो बुवा सोमबारे पनि मृगौला रोगबाट पीडित भएपछि प्रितमको पठनपाठन प्रभावित बनेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top