+
Search

ताजा अपडेट +

पपुलर +

नुउवाले पालिकास्तरीय इकाई स्थापना गर्ने

first meeting ncci nuwakot 10th convention 2076
डबली खबर
७ साल अगाडी

बिदुर / नुवाकोट उद्योग वाणिज्य संघको दशौँ अधिवेशन मार्फत् निर्वाचित भएको नयाँ कार्यसमितिको पहिलो बैठकले संस्थालाई चुस्त, पारदर्शी एवम् व्यवसायिक हितको पक्षमा कार्य गर्ने भएको छ ।

गाँउपालिका तथा नगरपालिकास्तरीय संघको इकाई स्थापनाको लागी पहल गर्न समिति गठन, उद्योगी व्यवसायीको हितका लागी ५० हजार रुपैयाँको संरक्षण अक्षयकोष स्थापना, व्यवसायिक विपत् व्यवस्थापनको लागी कार्यविधि अनुसार प्रक्रिया अघि बढाउने निर्णय भएको संघका प्रवक्ता सबिन राजभण्डारीले जानकारी दिनुभयो ।

बैठकले संघमा नयाँ तथा पुराना व्यवसायीकोहरुको विवरणलाई सफ्टवेयरको विकास गरी अद्यावधिक र दर्ता गरिने, जिल्लामा अन्यत्रबाट अनाधिकृत रुपमा भित्रने व्यापारी नियन्त्रणको लागी प्रवेश गर्ने नाकाहरुमा कडाई गर्ने, इलम प्रशिक्षण केन्द्र सञ्चालनको लागि अध्यक्ष तारबहादुर कार्की, बरिष्ठ उपाध्यक्ष गिता अमात्य लगायत रहेको एक कार्यदललाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता राजभण्डारीले जानकारी दिनुभयो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ