२०८१, १४ बैशाख शुक्रबार

टिप्परको ठक्करबाट युवकको मृत्यु

    चैत्र ३० २०७५ ०१:३०

accident microbus and motorcycle
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बिदुर / टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइक चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान काठमाण्डौ-त्रिशूली सडकखण्ड अन्तर्गत बट्टारको भीमसेन विद्यालय अगाडीको मार्गमा बा ५ ख २८९८ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नपा–२ बट्टारका २५ वर्षीय दीवाकर खनालको घटनास्थलमै ज्यान गएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार खनालका साथी २४ वर्षिय मुन्ना गुप्ता घाइते भएका छन् । आक्रोशित स्थानीयले दुर्घटनापछि  टिप्परमा आगजनी गरेका छन् ।

त्यस्तै, हिजो बिहिबार बिदुर नगरपालिका लोकत्रान्त्रिक चौतारास्थित ढुङ्गेबाट बट्टारतर्फ जादै गरेको बा १ ज ९३४४ नं.को माईक्रोबस र विपरित दिशाबाट आउदै गरेको बा ८६ प ९२१४ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक बिनपा-९ का वर्ष २९ को सन्तोष तामाङ र बर्ष २१ को राजकुमार ढकाल खट्टा, टाउको र तिघ्रामा चोट अबस्था गम्भिर भएको थिए ।

उपचार सिटी हस्पिटलमा ल्याइएकोमा थप उपचारको लागि दुवै जना घाइतेलाई डाईनेश्टिक एयरको हेलीद्वारा काठमाण्डौको ग्राण्डी  हस्पिटल पठाइएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top