लिखु, नुवाकोट / लिखु गाउँपालिकाको आधारभुत तह (कक्षा ८) को गाउँपालिका स्तरीय परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । “ए” ग्रेडमा १७ जना उतिर्ण भएका छन् ।
“ए” ग्रेड ल्याउनेमा ज्योतीकुञ्ज एकेडेमी ९, नर्थ स्टार ई. बोर्डिङ स्कुल ३, सेई ई. बोर्डिङ स्कुल २, ओसिस एकेडेमी २ र पब्लिक भिजन एकेडेमीका १ जना रहेको छ ।
परीक्षामा “बि पल्स” ग्रेडमा ४० जना, “बि” ग्रेडमा ४१ जना, “सि प्लस” ग्रेडमा ९३ जना, “सि” ग्रेडमा २९ जना, “डी पल्स” ग्रेडमा १० जना र “डी” ग्रेडमा ११ जना उतिर्ण भएको गाउँपालिकाका स्रोत व्यक्ति महेश्वर पाण्डेले जानकारी दिनुभयो ।
पालिकास्तरीय परीक्षा क्षेत्रपाल उच्च माध्यमिक विद्यालयमा गत फाल्गुन २९ देखि चैत ८ सम्म संचालन भएको थियो । परिक्षामा प्रत्येक विषयको प्रश्नपत्र एकै किसिमका प्रश्नपत्रको व्यवस्थापन गरि नमुना परीक्षा संचालन गरिएको थियो ।
प्रकाशित नतिजा तल हेर्नुहोस:
