२०८०, १६ चैत्र शुक्रबार

नुवाकोट उवासंघमा लोकतान्त्रिक प्यानलै विजयी

    चैत्र २५ २०७५ २१:५१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोट उद्योग वाणिज्य संघको दशौँ अधिवेशनबाट उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानल नै विजयी भएको छ। लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्ष ताराबहादुर कार्कीसहित प्यानलका सबै सदस्य विजयी भएका हुन्। कार्कीले प्रगतिशील व्यवसायिकका अध्यक्ष रमेश श्रेष्ठलाई  २ सय २३ मत अन्तरले पराजित गरी विजयी भएका हुन् ।

मत गणनाको पहिलो १ सय १५ मतको नतिजादेखि अग्रस्थानमा रहेको कार्कीले कुल ८ सय १७ मत प्राप्त गरी विजयी भएका छन् । संघले कार्कीको नेतृत्वमा दोस्रो कार्यकाल पाएको छ । त्यस्तै, रमेश श्रेष्ठले ५ सय ९४ मत प्राप्त गरेका छन् ।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गीता अमात्य, प्रथम उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सन्तोष उप्रेती, महासचिवमा कृष्णप्रसाद अधिकारी, सचिवमा उपेन्द्र बुढाथोकी, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र प्रवक्तामा सविन राजभण्डारी लगायत दशै जना सदस्य विजयी भएको निर्वाचन समितिले जानकारी दिएकाे छ । महिला सदस्यमा लिस्ना प्रधान श्रेष्ठ, अञ्जली राजभण्डारी, ज्ञानुमाया गिरी र सदस्यमा निरोजकुमार खड्गी, मधुसुदन थपलिया, उद्धवराज पन्थ, सुचित जोशी, मेघनाथ घिमिरे, सुमन भण्डारी, गगन लामा, विष्णु प्याकुरेल, सरोज श्रेष्ठ विजयी भए ।

त्यस्तै, वस्तुगततर्फ लोकतान्त्रिक समुह कार्की प्यानलबाट ध्रुवकुमार रावलले ५ मत र उत्तम ढकालले मत प्राप्त गरी विजयी भएका छन्

प्रगतिशील व्यवसायिक श्रेष्ठको प्यानलकोतर्फ वरिष्ठ उपाध्यक्षमा रामकृष्ण राजभण्डारी, प्रथम उपाध्यक्षमा उसनमान श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लिडर श्रेष्ठ, महासचिवमा दिपक कायस्थ, सचिवमा राजु बोगटी, कोषाध्यक्षमा राजाराम अधिकारी र प्रवक्तामा श्यामसुन्दर श्रेष्ठले उमेदवारी दिएका थिए ।

कार्की नेतृत्वको प्यानलले मत गणनाको सुरुदेखि नै अग्र स्थानमा रहेको थियो । मतगणना शनिबार करिब राति १२ बजेर ३५ मिनेट जाँदा सुरु गरिएको थियो । नयाँ नेतृत्वको लागि शनिबार भएको निर्वाचनमा ८५.४५ प्रतिशत मत खसेको थियो ।  निर्वाचनमा १४ सय ५३ मत र १० वस्तुगतमा गरी १४ सय ६३ मत खसेको थियो । संघका कार्यालय सचिव ईश्वर डंगोलका अनुसार १ हजार ७ सय १२ जना मतदाता रहेका छन् ।

कार्की नेतृत्वको सबै पदमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस निकट व्यवसायीहरुले कार्की नेतृत्वलाई र नेकपा निकट व्यवसायीहरुले रमेशको नेतृत्वलाई सहयोग गर्ने गरी प्यानल बनाएर नयाँ नेतृत्वको लागि चुनावी प्रतिस्पर्धामा गएका थिए ।

कसको मत कति यस्तो छ विवरण

Final Result 10th Convention of Nuwakot Chamber of Commerce and Industry

Final Result 10th Convention of Nuwakot Chamber of Commerce and Industry

नुवाकोट उद्योग वाणिज्य संघका सदस्यहरुको नामावली

 

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top