२०८१, ५ जेष्ठ शनिबार

प्रदेशसभा सदस्य खतिवडाद्वारा क्याम्पसलाई एक महिनाको तलब सहयोग

    चैत्र २५ २०७५ ०८:०८

hiranath khatiwada
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

तारकेश्वर/ प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले आइतबार नुवाकोटको तारकेश्वर गाउँपालिका-२ तारुकास्थित श्रीकृष्ण क्याम्पस र श्रीकृष्ण माविलाई आर्थिक सहयोग गरेका छन् ।

क्याम्पसको लागि जग्गा खरिद तथा भवन निर्माण र कृष्ण माविमा आइसीटी कक्षा सञ्चालन गर्ने उद्देश्यले शनिबारदेखि आयोजित श्रीमदभागवत सप्ताह महायज्ञमा सहभागि हुन पुगेका खतिवडाले आफ्नो एक महिनाको तलब बराबरको ५० हजार सहयोग गर्ने घोषणा गरेका हुन् । उनले क्याम्पसको स्तरोन्नति र शैक्षिक गुणस्तर वृद्धिका लागि प्रदेश सरकारको तर्फबाट २५ लाख बजेट विनियोजन गराउने पनि सो क्रममा प्रतिबद्धता जनाए । सो क्रममा बोल्दै खतिवडाले आर्थिक समृद्धिका लागि शैक्षिक क्षेत्रको विकास जरुरी रहेको भन्दै त्यसका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गरिने र केन्द्र सरकार पनि यसमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।

महायज्ञ प्रचारप्रसार समितिका संयोजक राजेन्द्र न्यौपानेका अनुसार दुई दिनको बीचमा ३३ लाख ४४ हजार ३२९ संकलन भएको छ । जसमा केही रकम प्राप्त भइसकेको र केही रकम प्रतिबद्धताअनुसार भुक्तानी हुने क्रममा रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top