विदुर, नुवाकोट / माछापुच्छ्रे बैँकको ९८औँ शाखा नुवाकोटमा संचालनमा आएको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ दम्कीमा बैँकको शाखा रहेको छ ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पडिण्तले बैंकको शाखा उद्घाटन गर्दै बैँकले कृषि तथा रोजगारमुलक कार्यमा लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पछिल्लो समय नुवाकोटमा विभिन्न वित्तीय संस्थाको हब बन्दै जाँदा बैंकले आफ्ना सेवा प्रवाहको साथै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउनुभयो ।
नेपाल राष्ट्र बैकबाट “क” वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा रहेको उक्त बैँकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रहेको छ । बैँकले निक्षेप संकलनतर्फ ८५ अर्ब १७ करोड र कर्जा प्रवाहतर्फ ७४ अर्ब ६५ करोड रहेको छ । बैंकको १ सय २० स्थानमा एटिएम काउन्टर रहेको छ ।

प्रतिक्रिया