२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा मनाईयो ६२औं राष्ट्रिय सहकारी दिवस

    चैत्र २० २०७५ १६:०१

cooperative in nuwakot sahakari nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

दुप्चेश्वर / दियो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मूल नाराका साथ ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दुप्चेश्वरमा अन्तर्क्रिया भएको छ । नेपालमा सहकारी स्थापना भएको ६२ वर्ष पुरा भएको अवसरमा सहकारी दिवस मनाईएको हो ।

जिल्ला सहकारी संघ लि., राष्ट्रिय सहकारी बैंक र दुप्चेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा “आन्तरिक पर्यटन प्रवर्द्धन तथा विकासको लागि सहकारी” विषयक स्थानीयतह र सहकारी संघ/संस्थाहरु बिच अन्तर्क्रियामा भएको हो ।

यसैगरी सरकारले सहकारी मार्फत् मुलुकलाई समृद्ध बनाउने योजना अघि सारेको छ । सहकारी दिवस मनाइरहँदा भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीको सङ्ख्या घटाउने र मर्जर योजना ल्याएको छ । मन्त्रालयका अनुसार सहकारी गाउँ केन्द्रीत भएर सम्बृद्ध बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने हुनेछन् ।

अहिले देशभर ३४ हजारभन्दा बढी सहकारीलाई ५ वर्षमा समायोजन गर्ने सरकारको योजना रहेको छ । सहकारीलाई क्षेत्र विभाजन गरे उत्पादनमा लगाउने सरकारको तयारी रहेको छ । सरकारले आगामी २ वर्षभित्र ७७ वटै जिल्लामा कृषि बजारको व्यवस्था पनि गर्ने भएको छ ।

विसं २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

नुवाकोटमा करिब ४ सय १० सहकारी रहेको छ । नेपालमा हाल ३४ हजार ५ सय १२ प्रारम्भिक सहकारी संस्था, २ सय ५९ विषयगत जिल्ला संघ, ६९ जिल्ला संघ, २० वटा विषयगत केन्द्रीय संघ, एक सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघ रहेको छ।

हाल नेपालभर झण्डै ६३ लाख साधारण सदस्य सहकारीमा आबद्ध रहेको रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top