लिखु / क्षेत्रपाल माविको स्थापना दिवसलो अवसरमा नमुना विद्यालयको भवन शिलान्यास भएको छ ।
शनिबार लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले भवन शिलान्यास गर्नुभएको हो ।
नमुना विद्यालय कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा निर्माण हुन लागेको ८ कोठे पक्कि भवनको लागत ९९ लाख ५० हजार रहेको छ । भवनको आगामी साउनमा निर्माण सम्पन्न हुने विद्यालय अभिभावक समितिका संयोजक रामचन्द्र अगस्तीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया