+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमइ बैंकको सहुलियत कर्जा वितरण

डबली खबर
७ साल अगाडी

विदुर, नुवाकोट / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रशबहादुर श्रेष्ठले स्थानीय सरकारको सहयोगमा घर नबनाएका भूकम्प पिडितहरुको घरघरमा गएर समस्याको पहिचान पत्ता लगाउने बताए ।

ग्लोबल आइएमइ बैङ्कले आयोजना गरेको सहुलियतपूर्ण कर्जा वितरण कार्यक्रममा कार्यकारी सदस्य श्रेष्ठले सरकारले अनुदान दिएर घर बनाउन लगाउदा पनि लाभग्राहीले आनाकानी गरिरहेको थाहा पाएमा सरकारले विशेष निगरानी राखेर बास्तविकता पत्ता लगाउने बताएका छन् । उनले घर नबनाएका लाभग्राहीहरुले आर्थिक अवस्थाको कारण घर नबनाउको भए प्राविधिक सहयोग गर्ने र अन्यत्र घर भएर नबनाएको हो भने लाभग्राही सूचिबाट हटाउने बताए ।

ग्लोवल आइएमइ बैङ्कले भूकम्प पिडितहरुको निम्ति आवास निर्माण कर्जा, व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, महिला उद्यमशिल कर्जा, व्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा जस्ता सेवाहरु सेवाग्राहीलाई दिदै आएको छ । कर्जा लिनु मात्र उपलव्धी नभइ सहि ठाउँमा लगानी गरेर प्रतिफल प्राप्त गर्न ग्लोवल आइएमइ बैङ्कका केन्द्रिय प्रमुख नरहरी सिलवालले आग्रह गरे ।

सहुलियतपूर्ण कर्जा वितरण कार्यक्रममा नुवाकोटबाट भुकम्प पिडित कर्जा हरीबहादुर कुवर, सरोजप्रसाद पाण्डे, विकास रोक्का, रोशन भुजेल, निता थापा र पुष्पलाल श्रेष्ठले पाएका छन् । यस्तै छायादेवी इन्टरलक ब्लक उदोगका प्रोपाइटर डोलकुमारी पाण्डेले महिला उदमशिल कर्जा, न्यौपाने पोल्ट्रि फमको प्रोपाइटर नवराज न्यौपाने ल र इश्वरी गाइ तथा पशुपंक्षी फामका पेपाइटर श्यामराज कडेलले व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा प्राप्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ