+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा घण्टाघरको शिलान्यास

ghantaghar bell house in nuwakot
डबली खबर
७ साल अगाडी

विदुर / पर्यटकहरूका लागि थप आकर्षण र नगरको छुट्टै पहिचान समेत गराउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिका-४ बट्टारस्थित हावाघर नजिक घण्टाघरको शिलान्यास भएको छ ।

घण्टाघरको शिलान्यास गर्दै नगर प्रमुख सञ्जु पण्डितले करीब ५० लाख लागतमा निर्माण हुने घण्टाघरले नगरको सुन्दरता तथा आन्तरिक तथा बाह्रय पर्यटन विकासमा टेवा पुर्याउने बताउनुभयो । नुवाकोटको प्रमुख व्यापारिक केन्द्र बट्टार बजार र बसपार्कको मध्यभागको साथै देवीघाटकाे चन्द्रज्योति मावि हुँदै हावाघर आउने मार्गको रुपमा विस्तार हुँदै गर्दा घण्टाघरले शहरी विकासको सन्देस जाने नगरप्रमुख पण्डितले बताउनुभयो । साथै बढ्दो शहरीकारणलाई मध्यनजर गर्दै नगरको हरेक वडामा पार्क निर्माण गरिने लक्ष्य योजना रहेको पनि जानकारी दिनुभयो ।

blueprint map of bellhouse nuwakot bidur

निर्माणाधिन घण्टाघरको नक्सा

घण्टाघरको उचाई ५६ फिट रहेन र  तीन महिनाभित्र निर्माण सम्पन्न हुनेछ । विदुर नपा-४ ले निर्माण गर्न लागेकोमा ठेक्का प्रणालीमा जाँदा निर्माणमा ढिलाई हुने भएकोले घण्टाघर उपभोक्ता समितिलाई जिम्मा दिईएको हो । समितिमा अध्यक्ष अशोक अधिकारी रहेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ