२०७९, ३ जेष्ठ मंगलवार

“न्यायिक फैसला लिखितमा हुने”: न्यायधिश ऋषिकेश वाग्ले

    चैत्र १३ २०७५ १९:१७

district cour nuwakot press meet
nuwakot trishuli graphic web media service 2020

विदुर, नुवाकोट / अदालतले न्यायिक फैसला लिखितमा गर्ने भएकोले कुनै पनि मौखिक निर्णय नगर्ने जिल्ला न्यायधिश ऋषिकेश वाग्लेले बताउनुभएको छ ।

मंगलबार विदुरमा अदालतले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै न्यायधिश वाग्लेले अदालतबाट गरिएको फैसला लिखित नै हुने भएकोले प्रमाण अनुसार नै न्याय हुने गरेको बताउनुभएको हो । अदालतले प्रदान गरिने न्याय सम्पादन हुने सेवा पारदर्शी रहेको र न्यायिक सेवालाई चुस्त पार्न जिल्लाका सबै संचारकर्मीहरुको सहकार्यमा अदालती कारवाही अगाडी बढाउन चाहेको न्यायधिश वाग्लेले बताउनुभयो । आफुले गरिने कार्य साता अगाडी नै तय हुने भएकोले न्यायिक सम्पादनमा सहज भएको न्यायधिश वाग्लेले बताउनुभयो ।

जिल्ला अदालतमा विपन्न व्यक्ति, न्यून आय, असाहय, गरीब महिलाहरूलाई नि:शुल्क कानुनी सेवा प्रदान गर्न वैतानिक अधिवक्ता र कानुनी सहायताको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । वैतानिक अधिवक्ता अधिवक्ता राजाराम थपलिया र कानूनी समस्या समाधान गर्न नि:शुल्क रुपमा कानुनी सहायता प्रदान गर्न अधिवक्ता माधवराज सिलवाल रहेको जानकारी दिएको छ ।

न्यायका लागि अदालत समक्ष दायर भएका ५ सय ५७ मुद्दामा आव २०७५/७६ को नयाँ ३ सय ८ र गत वर्षकोको जिम्मेवारी सरी आएको २ सय ४९ थान विभिन्न मुद्दामध्ये फाल्गुणमसान्तसम्म २ सय ३७ मुद्दा मात्र फरछ्यौट भएको अदालतका श्रेस्तादार तथा सूचना अधिकारी शिवप्रसाद बन्जाराले जानकारी दिनुभयो ।

अदालतले वार्षिक कार्यनीति अनुरूप न्यायिक संवाद कार्यक्रम पनि सम्पन्न गरेको छ ।

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top