नुवाकोट / स्वास्थ्य क्षेत्र समेतमा कार्य गर्दै आईरहेका नुवाकोट विदुर नगरपालिका-७ तुप्चेस्थित आदर्श जनकल्याण युवा क्लबले स्थानीयको मागलाई मध्यनजर गर्दै एम्बुलेन्स जुटाउनेमा लागेका छन् ।
देशका युवाहरु रोजगारका लागि वैदेशिक रोजगारमा गाउँबाट पलायन भइरहेको समयमा स्थानीय युवाहरु भने स्थानीयस्तरको विकास र समृद्धिका लागि एम्बुलेन्स जुटाउन आर्थिक संकलनमा क्लब लागेको क्लबका अध्यक्ष भीमसेन बोगटीले बताउनुभयो । विभिन्न सामाजिक कार्यमा अग्रसर रहेको क्लबले एम्वुलेन्स भित्र्याउन स्थानीय, समाजसेवी तथा देशविदेशबाट पनि आर्थिक सहयोग जुटिरहेको बोगटीले जानकारी दिनुभयो ।
गत फाल्गुण २६ गते क्लबले एम्बुलेन्सको लागि प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयले पनि एम्बुलेन्स सम्बन्धि प्रदेशस्तरीय निर्देशिका निर्माण भइ नसकेकोले हुनाले संघीय एम्बुलेन्स सेवा संचालन निर्देशिका २०७३ बमोजिम कार्य गर्न अनुरोध गरिएको थियो ।

एम्बुलेन्स खरिदका लागि आर्थिक संकलन जुटाउने अभियानमा साथ दिन क्लबको नेपाल बैंक लि. मा रहेको बैंक खाता नं. ०२६००१०६३८९२७६०००००१ को खाताको नाम श्री आदर्श जनकल्याण युवा क्लब (Sri Adarsha Janakalyan Yuwa Club) मा सहयोग गर्न सकिने र मोबाइल नम्बर ९८४१५६२२३९ मा सम्पर्क गरि थप जानकारी लिन सकिने छ । अभियान सुरु गरेको दुई सातामै नगद रु ६ लाख ७५ हजार आर्थिक संकलन भइसकेको बोगटीले जानकारी दिनुभयो ।
एम्बुलेन्स खरिदका लागि आर्थिक संकलन जुटाउने अभियानमा रु.५ सय देखि १ हजार प्रदान गर्नेलाई सम्मान गरिने, १ हजारदेखि ५ हजारसम्म सहयोग गर्नेलाई सम्मान-पत्रसहितको सम्मान गरिने क्लबका सचिव रामशरण प्याकुरेलले जानकारी दिनुभयो । त्यस्तै, १० हजारदेखि १५ हजारसम्म सहयोग गर्नेलाई दोसल्ला तथा सम्मान-पत्रका साथ सम्मान गर्ने सचिव प्याकुरेलले जानकारी दिनुभयो । साथै त्यो भन्दा बढि सहयोग गर्नेलाई बिशेष सम्मानसहित सञ्चालक समितिमा बिशेष भूमिकामा राखिने सचिव प्याकुरेलले जानकारी दिनुभयो ।
यसअघि क्लबले जिल्लास्थरिय खेलकुद, नि:शुल्क आँखा शिविर लगायतका सामाजिक कार्य गरेका थिए ।

प्रतिक्रिया