२०८१, ११ बैशाख मंगलवार

‘जव कार्यकर्ताका गुनासो र तिक्तता एकै पटक पोखिए’

    चैत्र २ २०७५ २१:३१

cpuml nuwakot interaction
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / शनिवार नेपाल कम्युनिष्ट पार्टीको विदुर नपा-१ बान्द्रेमा रहेको पार्टी कार्यालयमा नेकपाका नेता तथा कार्यकर्ताको घुँइचो लाग्यो । त्यहाँ नेकपाका ३ नं. प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यसहित सह-इन्चार्ज हितबहादुर तामाङ र अन्य नेताहरु पनि थिए । साथमा नेकपाबाट स्थानीयतहमा निर्वाचित जनप्रतिनिधि र अन्य कार्यकर्ता पनि ।

स्थानीय निर्वाचन सकिएको लामो समयसम्म पनि नेकपा र जनप्रतिनिधिवीच हुन नसकेको जमघट शनिवार बान्द्रेमा देखिएको थियो । पार्टी र जनप्रतिनिधिवीच अन्तरसम्वन्ध तथा जनमुखी योजना निर्माण सम्वन्धी प्रशिक्षणको आयोजना गरी नेकपाले आफ्ना जनप्रतिनिधिहरुलाई जनमुखी योजना र प्रभावकारी, दीगो र सबैको मन छुने योजना कार्यान्वयन गर्न आग्रह गरेको छ । स्थानीय जनप्रतिनिधिहरुमाथि प्रभावकारी योजना सञ्चालन गर्न नसकेको र पार्टी र पार्टी बाहिरका अगुवाहरुलाई योजना निर्माण तथा विकास निर्माणका विषयमा छलफलसमेत नगराउने गरेको आरोप लागेपछि नेकपाले समान सहभागीतासहित सबैलाई समेटेर प्रभावकारी र दीगो योजना छनौटमा ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरेको हो ।

कार्यक्रममा बोल्दै नेकपाका स्थायी कमिटि सदस्य तथा ३ नं. प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जनप्रतिनिधिहरु सेतो कपडा भएकाले त्यसमा दाग नलगाई काम गर्नुपर्ने बताएकी छिन् । शाक्यले जनप्रतिनिधिहरुमाथि कुनै दाग लाग्यो भने त्यो दागको जिम्मेवारी स्वयं जनप्रतिनिधिसहित पार्टीले समेत भोग्नुपर्ने भएकाले संयम भएर जनताको सेवा गर्नुपर्ने बताइन् । ‘जनप्रतिनिधि भनेका सेतो कपडा हो, शाक्यले भनिन् – ‘त्यो कपडामा दाग नलगाई विकास निर्माण र पार्टीलाई समेत जोगाउने गरी काम गर्नुपर्छ ।’

पार्टी एकीकरणको प्रक्रिया ढिलाई हुँदा स्थानीय तहका जनप्रतिनिधिले पनि सही दिशा लिन नसकेको हुन सक्ने बताउँदै स्थानीय कमिटि सदस्य शाक्यले पार्टीको घोषणापत्रलाई आधार बनाएर योजनाहरु निर्माणमा लाग्न जनप्रतिनिधिलाई आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद हितबहादुर तामाङले जनप्रतिनिधिहरुले पहिलेकै शैलीमा आफ्ना कार्यक्रमहरु अघि बढाउँदा नयाँ नेपाल नबने टिप्पणी गरे । समृद्ध नेपाल निर्माणको लागि जनप्रतिनिधि, पार्टी र जनता मिलेर सामूहिक रुपमा अघि बढ्नु आजको आवश्यकता भएको बताए ।

अर्का सांसद नारायणप्रसाद खतिवडाले जनप्रतिनिधि र पार्टीविच केही असमझदारी र तित्तता भयो भने जिल्लाको समग्र विकासले गति लिन नसक्ने बताउँदै जनप्रतिनिधि र पार्टीवीचको सम्वन्धलाई अझै मजबुद बनाउन छलफल र अन्र्तक्रिया आवश्यकता अनुसार सञ्चालन गर्न पार्टी नेतृत्व तयार रहेको बताए ।

कार्यक्रममा प्रदेश सांसदहरु केशव पाण्डे, हिरानाथ खतिवडा, बद्री मैनालीलगायतले प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरु पालिकाहरुले वेवास्था गर्ने गरेको तथा नितिगत रुपमा परेका समस्या समाधानको लागि आफूहरुले पहल गर्ने बताएका थिए ।

कार्यक्रममा नेकपाका ३ नं. प्रदेश अध्यक्ष माधव दाहाल, सचिव आनन्दप्रसाद पोखरेल, मुक्ती प्रधान, रामशरण प्याकुरेल, गंगालाल तुलाधरलगायतले पार्टी र जनप्रतिनिधिवीच समन्वय र जनमुखी विकास योजनाहरु छनोटमा जनप्र,तिनिधिहरुले ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा जनप्रतिनिधिहरुले कर्मचारीको अभावमा सोचेजस्तो प्रगती हाँसिल गर्न नसकेको बताएका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश नेकपाका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीले पार्टी र जनप्रतिनिधिवीच समन्वय नहुँदा स्थानीय तहले प्रगती हाँसिल गर्न नसकेको र प्रगती देखाउन नसकिएको बताएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top