नुवाकाेट / नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) प्रदेश नं ३ काे प्रथम महाधिबेशन अाजदेखि सुरु हुँदैछ ।
आदिवासी जनजाति कुलमा जन्मिएर क्रियाशिल पत्रकारिता पेशामा आवद्ध पत्रकारहरुको साझा संगठनको रुपमा रहेको फोनिजको महाधिवेशन नुवाकोटमा चैत १ र २ गते सुरु हुन लागेको हो ।
नुवाकोटको सदरमुकाम विदुरमा हुने अधिवेसनको प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले उद्घाटन कार्यक्रम रहेको फोनिज प्रदेश नं ३ का संयोजक समिर बलामीले जानकारी दिनुभएकाे छ ।
फोनिजले आदिवासी जनजाति पत्रकारको हकहितका साथै व्यावसायिक पत्रकारिताको माध्यममार्फत देश र जनताको विकासका लागि महत्वपूर्ण योगदान दिँदै आएको छ । पत्रकारको दक्षता अभिवृद्धि गर्ने, सञ्चार पैरवी गर्ने जस्ता समाजसेवी भावनाबाट विभिन्न किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।
अधिवेशनमा प्रदेश नं ३ का १३ वटै जिल्लाबाट १ सय ४० प्रतिनिधिको सहागीता हुनेछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको फोनिज नुवाकोटका अध्यक्ष शक्तिमाया तामाङले जानकारी दिनुभएकाे छ । देश संघिय संरचनामा गइसकेपछि फोनिजले पहिलो पटक प्रदेश महाधिवेशन सुरु गरेको हो ।

प्रतिक्रिया