२०८१, १७ बैशाख सोमबार

हाम्रो र ज्योति विकास बैंकले चैत १५ गतेदेखि एकीकृत कारोवार गर्ने

    फाल्गुन ३० २०७५ १३:३८

Logo Jyoti Bikas Bank and Hamro Bikas Bank
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंक र ज्योति विकास बैंकले चैत १५ गतेदेखि एकीकृत कारोवार गर्ने भएका छन् । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गर्ने (खरिद) गर्ने विषयमा गत असार ३१ गते सम्झौता भएको थियो ।

एकीकृत कारोवारसँगै हाम्रो विकास बैंकको नाम फेरिएर ज्योति विकास बैंक रहने छ । नुवाकोटका रहेका हाम्रो विकास बैंकका सबै शाखा कार्यालयहरुको नाम पनि फेरिएर ज्योतिको नामबाट कारोवार गर्ने तयारी भइरहेको छ ।

हाम्रो विकास बैंकको चुक्तापूँजी रू. ५० करोड ४० लाख ५३ हजार रहेको छ भने ज्योति विकास बैंकको रू. २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रहेको छ । ज्योति विकासको कुल सम्पत्ति रू. २८ अर्ब २७ करोड ३५ लाख १४ हजार र हाम्रो विकास बैंकको रू. २ अर्ब ३९ करोड ६९ लाख ३ हजार रहेको छ ।

राष्ट्र बैंकले गत पुस १२ गते दुवै बैंकहरु एक आपसमा गाभिनको लागि स्वीकृति दिएको थियो । एकिकृत कारोबार पश्चात ज्योति विकास बैंकको नामबाट कारोबार हुनेछ ।

हाम्रो विकास बैंकलाई प्राप्ती गरे पश्चात ज्योति विकास बैंकको केन्द्रिय कार्यालय बाग्मती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपािलका वडा नं. २८ कमलादीमा रहने छ । नुवाकोटको विदुरमा रहेको हाम्रो विकास बैंकको केन्द्रीय कार्यालय पनि ज्योतिको शाखाको रुपमा रहनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top