२०८०, १६ चैत्र शुक्रबार

एक महिनाभित्रै टिमुरेमा बन्दरगाहा निर्माण सुरु हुने

    फाल्गुन २९ २०७५ २०:०८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

धुन्चे / छिमेकी देश चीनसँगको ब्यापारिक नाका रसुवागढीको टिमुरेमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको छ ।

दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बन्दरगाह निर्माणको लागि १ सय ५० देखि १ सय ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ८ हेक्टर क्षेत्रफलमा फैलिने बन्दरगाहमा करिब ३ सय ५० वटा मालबाहक कन्टेनर अटाउने छन् । २ वटा जाँचपास स्थल, एउटा गोदामका साथै पाँचतले प्रशासनिक भवन हुने छ ।

चीनको केरुङ नाकालाई अझै व्यवस्थित र व्यापारिक नाकाको रुपमा अघि बढाउन चीनले यो नाकालाई प्राथमिकतामा दिएर काम गरिरहेको सरकारी अधिकारीहरुको भनाई छ । टिमुरेमा बन्दरगाह निर्माण अघि बढाउने जिम्मा चिनियाँ पक्षले लिएको छ । निर्माण प्रक्रियामा नेपालले सहजीकरण गर्नेछ । चीन सरकारले यसका लागि ठेकेदार छनोट गरिसकेकोले केही समयभित्रै चिनियाँ प्राविधिक र कामदार आएर बन्दरगाह निर्माण थाल्ने बताइएको छ ।

यसअघि, रसुवागढी नाकाको नेपालको इन्टरमोडल यातायात विकास समिति र चीन सरकारले यो ड्राइपोर्टको डिजाइन स्वीकृत गर्दै काम अगाडि बढाउने सम्झौता गरिसकेका छन् ।

बन्दरगाह निर्माणको लागि स्थानीयको ५८ रोपनी जग्गा अधिग्रहण गर्ने काम सकिएको छ भने सरकारी स्वामित्वमा रहेको १ सय ९ रोपनी जग्गा पनि बन्दरगाह निर्माणमा प्रयोग गरिने छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर जमिन पनि बन्दरगाहले प्रयोग गर्ने गरी प्रक्रिया अघि बढाइएको छ ।

भूकम्पपछि चीनले तातोपानी नाका भन्दा पनि रसुवागढी नाकालाई प्राथमिकतामा राखेको छ । रसुवागढी नाकाको स्तरोन्नतिका लागि स्याफ्रुबेंसी–रसुवागढी सडकको स्तरोन्नति चीनले नै गर्दैछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top