२०८१, १४ बैशाख शुक्रबार

उच्चस्तरीय रगत प्रयोगशालासहित “चक्र देव पोलिक्लिनिक” सञ्चालनमा

    फाल्गुन २७ २०७५ १३:३१

chakradev polyclinic
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / नुवाकोट, धादिङ र रसुवाबासीलाई लक्षित गर्दै  नुवाकोटको विदुर नगरपालिकामा चक्र देव पोलिक्लिनिक सञ्चालनमा आएको छ । रगत प्रयोगशाला सम्बन्धि सम्पूर्ण चेकजाँच सेवा रहेको पोलिक्लिनिकले जनाएको छ ।

पोलिक्लिनिकको उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्य हितबहादुर तामाङले जिल्लामा भएको सरकारी अस्पतालमा नियुक्त भएका दरबन्दी डाक्टरले राज्यले निर्माण गरेको नीतिलाई नमानी राजधानीमै बसीरहेकाले जिल्ला अस्पतालले सेवा दिन नसकिरहेको अवस्था रहेको बताउनुभयो । सांसद तामाङले निजीस्तरमै पोलिक्लिनिकले जनताको स्वास्थ्यलाई स्वस्थ राख्नको लागि स्थापना गरिएको अत्याधुनिक सुविधा सम्पन्न सेवाले तिनै जिल्लाबासी लाभान्वित हुने बताउनुभयो । सांसद तामाङले सदमुकाम विदुरमा रहेको पोलिक्लिनिक मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने भएकोले सेवा सुविधाको क्षेत्रलाई बढाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

जिल्ला अधिकारी उद्दवबहादुर अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिका प्रमुख सन्जु पण्डित, उपप्रमुख गीता दाहाल, कलाकार दिपकराज गिरी लगायतले  नियमित रुपमा आफ्नो स्वास्थ्यको परिक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा नभई रहेको अवस्थामा पोलिक्लिनिकले प्रदान गरिने सेवालाई सर्वसुलभ सेवा दिनुपर्ने मन्तव्य राख्नुभएको थियो ।

पोलिक्लिनिक उद्घाटनको अवसरमा बिरामीको रगत परीक्षण तथा अन्य सेवामा २५ प्रतिशतसम्म छूट दिइएको छ । वार्षिक तथा अर्धवार्षिक रगत परीक्षण सेवा सुविधा पनि पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशील पण्डितले जानकारी दिनुभएको छ । पोलिक्लिनिक स्थापना भएसँगै यसका सेवा सुविधा थपिदैं लगिने र ५० शय्या बेडको अस्पतालमा पनि तयार गरिने पण्डितले बताउनुभयो ।

नुवाकोटमा पहिलोपटक मुटुको एक्स-रे भिडियो सेवा पनि संचालनमा ल्याएको पोलिक्लिनिकको दावी रहेको छ । पोलिक्लिनिकमा इमर्जेन्सी सेवा, ओपिडि सेवा, सम्पूर्ण रगत परीक्षण सेवा, फार्मेसी लगायतको सेवा रहेको छ ।

Image may contain: 4 people, people standing

Image may contain: 11 people, people smiling, people standing, suit and indoor

Image may contain: 12 people, people on stage

Image may contain: 1 person

Image may contain: 1 person, playing a musical instrument and on stage

Image may contain: 1 person, playing a musical instrument

Image may contain: 1 person, playing a musical instrument

Image may contain: 1 person, smiling, on stage, standing and child

Image may contain: 10 people, people smiling, people standing

Image may contain: 1 person, standing and outdoor

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top