२०८१, ७ बैशाख शुक्रबार

गुरुकुल निर्माणको लागि महायज्ञ

    फाल्गुन २६ २०७५ १९:५३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट,नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. २ कबिलासमा गुरुकुल निर्माण गरिने भएको छ ।
धार्मिक पर्यटन प्रवद्र्धन गर्ने र गुरुकुलमार्फत लोप हुँदै गएको संस्कृत अध्ययनलाई थप परिष्कृत गर्दै बेद र ध्यानकेन्द्र (मेडिटेसन) सेन्टर निर्माण गर्न लागिएको हो ।
गुरुकुल निर्माणको लागि पहिलो चरणमा १० वटा कोठा निर्माण गर्न लागिएको स्थानीय अगुवा लेखप्रसाद वोहराले बताउनुभयो । गुरुकुल निर्माणको लागि गत साता धनधान्याञ्चल महायज्ञसमेत सञ्चालन गरिएको छ । धान्याञ्चल तथा गुरुकुलका अध्यक्ष केदार पाठककले देशी बिदेशी नागरिकका लागि संस्कृत शिक्षाको आधारभुमी हुने बताउनुभयो ।
१२ वटा ब्रम्हक्षेत्र मध्ये राक्सेश्वर एक भएको स्थानीयको दावी छ । भारतलगायत विभिन्न देशबाट साईबाबा, जगतगुरु लगायतका भक्तजनहरु यहाँ आउने गरेकाले समग्र हिन्दु धर्मको अध्ययन केन्द्र बन्न सक्ने उहाँले बताउनुभयो ।
कविलास क्षेत्र शिवको अखण्डभुमि, अलौकिक गुफा पर्यटकहरुका लागि आर्कषणको केन्द्रबिन्दु हो भने यहाँ रहेको चमेरो गुफा, श्लेषमान्तक जंगल, कपिलेश्वर महादेव यहाँको पर्यटकीय सम्भावना रहेका स्थान हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top