२०८१, १४ बैशाख शुक्रबार

नारी दिवसमा महिलाहरु सम्मानीत

    फाल्गुन २४ २०७५ १६:००

109 international women's day
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / १०९औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रका महिलालाई सम्मान गरिएको छ । नारी दिवस मनाउन शुक्रवार भएको कार्यक्रममा विभिन्न क्षेत्रका महिलालाई सम्मान प्रदान गरिएको हो ।

“लैंगिक समानताको लागि समान सोच र विचार:समृद्धिको आधार’ भन्ने नाराको साथ जिल्लामा विभिन्न स्थानमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो । विदुर नगरपालिकाले विदुरमा गरेको कार्यक्रममा विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरिएको छ । हिंसा पीडित, एकल महिला, विपन्न महिलाहरुलाई विदुर नगरपालिकाले सम्मान गरेको हो ।

कार्यक्रममा नगरभित्रका महिलाहरुलाई संघीय सांसद नारायणप्रसाद खतिवडा, नगर प्रमुख सन्जु पण्डित र नगर उपप्रमुख गिताकुमारी दाहालले सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा वडा नं ११ का गरिव तथा सुकुम्वासी महिला पार्वती नेपाल, वडा नं १२ का मिना तामाङ, विन्दा कुमारी तामाङ, वडा नं ३ का कल्पना विक, कोपिला पण्डित वडा नं १३ का मदनकुमारी दाहाल गरेका छन् । सम्मानित महिलाहरुलाई नगरपालिका सशक्तिकरण गर्दै जिविकापार्जनका लागी उनीहरुको माग अनुसारको तालिम प्रदान गर्ने भएको नगरपालिकाले जनाएको छ ।

महिलाहरुलाई सम्मान गर्दै नुवाकोट क्षेत्र नं. २ का सांसद नारायणप्रसाद खतिवडाले महिलाहरु जागरुक र सचेत नभए पनि मुलुकमा समृद्दिको ढोका नखुल्ने भएकोले महिलाहरु अग्रस्थानमा आउने वातावरण समाजले निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top