२०८१, १३ बैशाख बिहीबार

अस्थायी करार शिक्षकको निर्णायक आन्दोलन हुने

    फाल्गुन २४ २०७५ २१:०३

haribansha acharya teacher
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / लामो समयदेखि संघर्षरत छुट अस्थायी करार शिक्षकहरु निर्णायक आन्दोलन यहि फाल्गुण २७, २८ र २९ मा हुने भएको छ ।

संघर्ष समितिको आज रत्नराज्यलक्ष्मी क्याम्पसमा बसेको बैठकले  उक्त निर्णय गरेको संघर्ष समितिका महासचिव बिश्वास अधिकारीले बताउनुभयो।

सरकारले २०७५ साल असारमा लिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा विभेद पुर्ण तरिकाले २०७२ असोज २ गतेसम्म मात्रै नियुक्त भएको शिक्षकलाई आन्तरिक परीक्षाको ब्यवस्था गरे लगत्तै छुट अस्थायी करार शिक्षकहरु लामो समयदेखि आन्दोलनरत छन।तर यसको सरकारले कुनै वास्ता नगरी शिक्षक महासंघ सगको २० बुदे सहमति समेत संघीय शिक्षा ऐनमा लैजान सिधै अस्वीकार गरेको संघर्ष समितिका संरक्षक भरत केसी बताउनुहुन्छ।

संघर्ष समितिका केन्द्रिय अध्यक्ष हरिबंश पराजुलीका अनुसार अब आम करार शिक्षकहरुको अन्तिम लडाइँ भएकोले रोजिरोटिको निमित्त आफै लागी पर्नुपर्ने बेला आएको बताउनुभयो। बिगतमा शिक्षकहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएपनि त्यस्को डटेर सामाना गर्ने संघर्ष समितिका कोषाध्यक्ष अनिता थापाले बताउनुभयो।

यस अघि अन्यायमा परेका आम छुट अस्थायी शिक्षकको मुद्दामा आन्दोलित शिक्षकहरुको आन्दोलन तथा धर्ना कार्यक्रममा प्रहरी लागाए हस्तक्षेप हुँदा पनि महासंघ चुपचाप रहनु शैक्षिक बिद्रोह संकेत भएकोले आम अस्थायी करार शिक्षकलाई केन्द्रमा अनिवार्य उपस्थित हुन संघर्ष समितिका उपाध्यक्ष मुकुन्द पोखरेलले आव्हान गर्नुभयो।

यस अगाडि संघर्ष समितिका विभिन्न अस्थायी करार शिक्षक सम्बद्ध मुद्दा लिएर शिक्षक महासंघ मा धर्ना, शिक्षा तथा मानव विकास श्रोत केन्द्र भक्तपुरमा रिले अनशन,माइतीघर मण्डला परिक्रमा लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।

०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई पनि शिक्षक सेवा परिक्षाको आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग रहेको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top