२०८१, १४ बैशाख शुक्रबार

पूर्व सांसद पण्डितको अन्त्यष्टी

    फाल्गुन २३ २०७५ २०:२९

death body of ganesh pandit cpuml nepal nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोटका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

गत मङ्गलबार हृदयाघातका कारण उनको निधन भएको थियो । पशुपति आर्यघाटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल लगायत नेता सहभागी थिए । उनको पार्थिव शरीरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको झण्डा ओढाएका थिए । उनको पार्थिव शरीरमा उनका छोरा राजकुमार, किशोर र दिनेश पण्डितले दागबत्ती दिएको प्रदेशसभा सदस्य केशव पाण्डेले जानकारी दिए ।

नुवाकोट जिल्ला शिखरबेंसी गाविस वडा नं. ६ मा २००३ साउन ३२ गते बुबा सूर्यबहादुर र आमा मानकुमारीबाट जन्मिएका पण्डितले पञ्चायतकालमा जिल्लामा कम्युनिस्ट आन्दोलन विस्तारका लागि भूमिका निर्वाह गरेका थिए ।

अन्त्येष्टिअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाको पार्टी मुख्यालय धूम्बाराहीमा राखिएको थियो । काठमाडौँको बसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन् ।

उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र सुवास नेम्बाङ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलगायत नेता धूम्बाराही पुगेका थिए ।

वि.सं २०४८ को आमनिर्वाचमा नुवाकोट क्षेत्र नं. २ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित पण्डित पुष्पलाल प्रतिष्ठानका सदस्यसमेत थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top