sujim bazar advert

छुट अस्थायी शिक्षक पुन:आन्दोलित

    फाल्गुन १८, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

haribansha acharya teacher
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

भरतसन्तोषी, काठमाडौ / सरकारले छुट अस्थायी करार शिक्षकको मागलाई सम्बोधन नगरी धोका दिएको भन्दै अस्थायी करार शिक्षक पुन:आन्दोलित भएका छन् । आज रत्नराज्य लक्ष्मी क्याम्पसमा आफ्ना शैक्षिक मुद्दामा महासंघको प्रस्ताव समेत अस्विकार गरेको भन्दै सरकारको बिभेदकारी नीति विरुद्ध विभिन्न माग सहित फेरि आन्दोलनको घोषणा गरिएको बताईएको छ ।

छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बीच भएको वार्तामा आन्तरिक प्रतियोगितामा छुटेका अस्थायी शिक्षकका लागि पुनःआन्तरिक विज्ञापन गर्ने सहमति भएपनि शैक्षिक ड्राफ्टमा कुनै शब्दावली समेत उल्लेख नगरेकोले पुन:आन्दोलन घोषणा गरिएको संघर्ष समितिका महासचिव बिश्वास अधिकारीले बताउनुभयो।

गत माघको तेस्रो साता मन्त्रालय र महासंघ बीच भएको वार्तामा २०७५ साल असार महिनामा अस्थायी शिक्षकहरूका लागि सञ्चालित आन्तरिक प्रतियोगितात्मक परीक्षामा विविध कारणले समावेश हुन नसकेकाहरूका लागि कानूनत व्यवस्था गरी एकपटकका लागि आन्तरिक प्रतियोगिता सञ्चालन गर्ने सहमति भएको थियो ।

शिक्षा मन्त्रालय र शिक्षक महासंघको वार्ता टोली बीच लामो समयदेखि निरन्तर वार्ता हुँदै आएपनि सरकारले संघीय शिक्षा ऐन ड्राफ्टमा करार शब्द नै उल्लेख नगर्नु अन्यायपुर्ण भएको संघर्ष समितिका संरक्षक भरत केसीले बताएका छन् ।

भोलि देखि हुने आन्दोलन सरकारसँग हुने र निर्णायक आन्दोलनको लागि सबैको साथ जरुरी भएको समितिको अध्यक्ष हरिबंश पराजुलीले बताउनुभयो ।

संघर्ष समितिका केन्द्रिय कोषाध्यक्ष अनिता थापाले आफ्नो मागहरू समेटिएको बुदा स्पष्ट पारी अक्षरत पालना गराउन समिति निरन्तर थप आन्दोलनमा लागि परेको बताउनुभयो ।

नेपाल शिक्षक महासंघले देशका शैक्षिक विकासका पक्षमा रहेका मागहरू ६ ओटा र शिक्षकको पेशागत हितका लागि राखिएका २६ ओटा मागहरूका सम्बन्धमा मंसिर २४ गते भएको ७ बुँदाका सहमति र पुस १९ गते भएको ३ बुँदे सहमति भएपनि महासंघको प्रस्ताव समेत नटेरी सरकारले बिभेदकारी निति ल्याउने तयारी गरेको कारण संघर्षको कार्यक्रमहरु तय गरिएको बताईएको छ।

हेर्नुस् पूरा भिडियो:

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top