२०८१, ७ बैशाख शुक्रबार

गेर्खुटारमा यात्रुवाहक बस दुर्घटना

    फाल्गुन १७ २०७५ २०:१५

bus accident gerkhutar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बिदुर / नुवाकोट-रसुवा सडकखण्ड अन्तर्गत बिदुर नगरपालिका-१० गेर्खुटारमा यात्रुवाहक बस दुर्घटनामा चालक गम्भीर घाईते भएको छ।

त्रिशुली-बेत्रावती रुटको ना ४ ख ७३०० नम्बरको बस बेत्रावतिबाट बिदुरतर्फ आउँदै गर्दा अहिले साँझ ६:४० बजे दुर्घटना भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि गम्भिर घाइते भएका चालक श्यामबहादुर तामाङलाई जिल्ला त्रिशुली अस्पताल नुवाकोटमा ल्याइएको प्रहरीले जनाएको छ । तामाङलाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।

बस सडकबाट करिव १ सय मिटर तल खसेर आँपको रुखमा अड्किएको अबस्थामा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top