काठमाण्डौ / नेपाल सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि बिहिबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइने र राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
आज दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको छ ।
प्रतिक्रिया