+
Search

ताजा अपडेट +

पपुलर +

विदुरमा श्रीमद्भागवत सप्ताह हुने

rebuild laxmi narayan temple bidur nuwakot
डबली खबर
७ साल अगाडी

विदुर / विदुर नगरपालिका-४ विदुर लोकतान्त्रिक चोक नजिक रहेको मन्दिर ०७२ सालको भूकम्पमा परि पूर्ण क्षति भइ स्थानीयकै पहलमा नवनिर्मित लक्ष्मीनारायण मन्दिरको दिव्यधान मूर्तिमा प्राण प्रतिस्थापन तथा ज्ञान महायज्ञ श्रीमद्भागवत सप्ताह यहि फाल्गुण २९ देखि चैत्र ६ गतेसम्म हुने भएको छ । सप्ताहमा पण्डित राघव आचार्यले प्रवचन गर्ने भएको छ ।

मन्दिर संरक्षण समितिद्वारा आज विदुरमा आयोजित पत्रकार सम्मेलनमा प्यागोडा शैलीमा निर्मित मन्दिरको अनुमानित लागत ७० लाख रहेको र अहिलेसम्म करिब ४४ लाखको खर्च भएको र बाँकी थप आर्थिक सहयोग जुटेपछि पूर्ण गरिने समितिका अध्यक्ष मनोरथ श्रेष्ठले जानकारी दिनुभएको छ ।

मन्दिरको वार्षिकोत्सव यहि फाल्गुण ६ गते (फागुपूर्णिमा तिथी) भएकोले मूर्तिमा प्राण प्रतिस्थापन गर्न लागिएको समितिका सल्लाहकार संयोजक पूर्णलाल श्रेष्ठले जानकारी दिनुभएको छ । हरेक वर्ष झैँ यस वर्ष पनि विशेष पुजाका साथ होलीको दिन रथारोहण हुने र विदुर परिक्रमा हुँदै आईरहेको श्रेष्ठले जानकारी दिनुभएको छ ।

जिल्लाकै नमुनाको रुपमा रहेको मन्दिर र भूकम्पपछि नागरिककै पहलमा पुन:र्निर्माण भएको पहिलो मन्दिर रहेको समितिले दावी गरेको छ ।

सप्ताहबाट उठेको रकम मन्दिरको बाँकी निर्माण कार्य सम्पन्न गरिने भएकोले इच्छुक धर्मालम्बी दातालाई सहयोग गर्न समितिले अनुरोध गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ