२०८१, १३ बैशाख बिहीबार

जनप्रतिनिधिले ठेकेदारी गरेमा कारवाही गरिने: मुख्यमन्त्री पौडेल

    फाल्गुन १५ २०७५ १२:२१

inauguration program of bidur municipality ward 5 office
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / विदुर नगरपालिकाको माझीटारमा रहेको पहिलो निर्माण भएको वडा नम्बर ५ को कार्यालय भवन उद्घाटन भएको छ ।

भवनको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिले ठेकेदारी गरिएको पाईएमा कारवाही गरिने बताउनुभएको छ । जनप्रतिनिधिले आफ्नो पदको शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैँ डोजर किन्दै ठेकेदारी गर्न थालेको गुनासो आइरहेकाले यस्ता जनप्रतिनिधिलाई कारवाही गरिने मुख्यमन्त्री पौडेलले बताउनुभएको छ । ठेकेदारी गर्ने कार्यमा स्थानीयतहका जनप्रतिनिधिहरुको सक्रियता भएको पाइएकोले जनताका काम गर्न छाडेर विभिन्न वहानामा ठेकेदारी गर्नेलाई प्रदेश सरकारले उन्मुक्ति नदिने मुख्यमन्त्री पौडेलले बताउनुभएको छ ।

उद्घाटन समारोहमा प्रदेशसभासदस्य बद्री मैनाली, केशव पाण्डे, हिरानाथ खतिवडा र आशामाया तामाङले संघियताको आभास दिने आधार वडा कार्यालय नै भएकोले कार्यालयले दिने सेवा/सुविधाहरु प्रभावकारी भए मात्र संघियताको वास्तविक अनुहार जनताले देख्न पाउने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जनताको काम गर्न छाडेर ठेकेदारी गर्दै हिँड्ने जनप्रतिनिधिलाई सचेत गराइने र सचेत गराउँदा पनि नटेरमा कारवाहीको प्रक्रिया थालिने बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top