२०८१, १७ बैशाख सोमबार

गाउँपालिकास्तरीय बालक्लब गठन

    फाल्गुन १४ २०७५ २१:५७

children club dupcheshwor nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

दुप्चेश्वर / गाउँपालिकास्तरीय बालक्लब भेलाले १३ सदस्यीय बालक्लब सञ्जाल गठन भएको छ ।

बालक्लबको अध्यक्षमा किरण तामाङ, उपाध्यक्ष सुरेश विक, सचिव ग्याल्जेन तामाङ, कोषाध्यक्ष सरिना सिटौला चयन भएका छन् । त्यस्तै,  सदस्यहरुमा जामिला नेपाली, कृष्ण तामाङ, गौतम तामाङ, प्रमोद तामाङ, साइँला तामाङ, सानुमाया तामाङ, मानबहादुर तामाङ, फूलमाया तामाङ, कविता तामाङ रहेका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले गाउँपालिकामा गठन भएको बालक्लब सञ्जालले परिवार, समुदायको व्यवहार परिवर्तन गर्न र समाजमा व्याप्त रहेका कुरिती, कुसंस्कृति हटाउनका लागि अहम् भूमिका निभाउन सकिने बताउनुभयो । गाउँपालिकाले बालअधिकारमा आधारित योजना तर्जुमा गर्ने तामाङले प्रतिबद्धता जनाउनुभयो ।

बालबालिका समाज परिवर्तनका अगुवा बन्न सक्ने हुनाले बालसञ्जालले आयोजना गर्ने हरेक क्रियाकलापमा गाउँपालिकाको साथ रहने उपाध्यक्ष अन्जु आचार्यले बताउनुभयो । बालक्लब सञ्जालको दीगोपनाका लागि गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने उपाध्यक्ष आचार्यले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बालक्लब सञ्जालको संस्थागत विकास र दीगो विकासका लागि रुडेक नेपाल, एसिएआई अष्ट्रेलियाले ७० हजार बास्केट फण्ड सहयोग गर्ने कार्यक्रम व्यवस्थापक जीवन पुडासैनी जानकारी दिनुभयो ।

गाउँपालिकाको कार्यालय, रुडेक नेपाल, एसिएआई अष्ट्रेलियाको सहयोगमा गठन भएका १३ वटा बालक्लबका ६५ जना पदाधिकारीहरुको भेलाले बालक्लब सञ्जाल गठन गरेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top