+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेश नं. ३ का मुख्यमन्त्रिबाट संगम सहकारीको भवन उद्घाटन हुँदै

corporate building of sangam saving & credit cooperative society limited
डबली खबर
७ साल अगाडी

विदुर / प्रदेश नं. ३ का मुख्यमन्त्रि डोरमणी पौडेलबाट संगम सहकारीको नवनिर्मित भवन संगम प्लाजाको भोलि मंगलबार उद्घाटन हुने भएको छ ।

सहकारीले विगत २२ वर्षदेखि घरभाडामा लिई सहकारी संचालन गर्दै आईरहेकोमा भोलि मंगलबारदेखि सहकारीले आफ्नै भवनबाट सेवा प्रदान गरिने सहकारीका सचिव नारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य तथा सांसद नारायणप्रसाद खतिवडा, राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल लगायतको सहभागिता रहने सहकारीले जनाएको छ ।

विदुर नगरपालिका-४ बट्टार दम्कीमा बनेको भवनमा व्यवसायिक प्रयोजनको लागि पनि प्रयोग गर्न सकिने उदेश्य अनुरुप भवन निर्माण गरिएको सहकारीले जनाएको छ ।

सहकारीको अहिले ३ सय ४० शेयरधनी र करिब १ हजार सदस्य रहेको छ ।

त्यस्तै, भोलिनै मुख्यमन्त्रि पौडेलले विदुर नगरपालिका वडा नम्बर ५ मझिटार नवनिर्मित वडा कार्यालय भवनको पनि उद्घाटन गर्ने नेकपा सचिवालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ